इलाममा थप २७ जनामा कोरोना संक्रमण ,२३ जना निको भए

इलाममा थप २७ जनामा कोरोना संक्रमण ,२३ जना निको भए

इलाम जेठ १४ । इलाममा शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा इलाम नगरपालिकामा ५, सूर्योदय नगरपालिकामा ९, माईजोगमाई गाउँपालिकामा १, माङ्सेबुङ गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ । रोङ गाउँपालिकामा १ ,माई नगरपालिकामा ५ संक्रमित थपिएका छन । हालसम्म जिल्लामा २३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा जम्मा संक्रमितको संख्या आठ सय ५२ पुगेको छ भने एक सय २० जना निको भएका छन ।