logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • झलनाथको क्षेत्रका दुई प्रदेश कांग्रेसलाई भाग लगाउन माग

    झलनाथको क्षेत्रका दुई प्रदेश कांग्रेसलाई भाग लगाउन माग

    सूर्योदय : सत्ता गठबन्धनको एक घटक नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरुले पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ को दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र काग्रेसको भागमा पार्न आग्रह गरेका छन् ।
    ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तरगत इलामको निर्वाचन क्षेत्र न १ मा आयोजना गरेको कार्यक्रममा सहभागि अगुवा कार्यकर्ताहरुले लामो समय देखि कम्युनिष्ट नेतृत्वको चेपुवामा कांग्रेस कार्यकर्ता परेको भन्दै संघिय निर्वाचन क्षेत्र नेकपा एकिकृत समाजवादीको भागमा परेपनि प्रदेश सभाको क र ख क्षेत्र कांग्रेसको भागमा पर्नुपर्ने बताए ।
    नेपाल महिला संघकी क्षेत्रीय सभापति बन्दना अधिकारीले प्रदेश सभाका दुबै क्षेत्र कांग्रेसको भागमा पर्नुपर्ने दावी पेस गरेपछि उनीपछि बोल्ने अघिकांस वक्ताले उनको समर्थन गरेका थिए ।
    उनले स्थानीय तह निर्वाचनमा इलाम क्षेत्र न १ का ३९ वडामा एक जना पनि महिलालाई वडाध्यक्षको उम्मेद्धर नबनाएको गुनासो गर्दै अबको संघ र प्रदेशको निर्वाचनमा महिलालाई अवसर प्रदान गर्न आग्रह गरिन् । उनले भनिन् ‘महिलालाई उम्मेद्धार बनाउनुस् हामी सबै प्रकारको सहयोग गरेर निर्वाचीत गराउँछौ ।’
    कार्यक्रममा प्रदेश ख का सभापति निश्कल राईले गठबन्धन कांग्रेसका लागि समेत आवश्यक रहेपनि क्षेत्रका दुबै प्रदेश कांग्रेसले पाउनु पर्ने बताए । उनले गठबन्धको आवश्यकता बुझाउनका लागि नै अहिलेको अभियान सञ्चालन गरेको बताए ।
    कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र राईले मञ्चबाटै कांग्रेसी वक्ताहरूले हारेको मानसिकता व्यक्त गरेको भन्दै यस्तो प्रकारको अभिव्यक्ति नदिन आग्रह गरे । मञ्चमा उभिएर बोल्ने अधिकांस “भाषणा” सुनेपछि कार्यकर्ता माझ बसिरहेका राईले रोस्टम र माईक समेत अस्विकार गर्दै भने ‘अहिले केन्द्रमा गठबन्धनको भाग बण्डाको मात्रै कुरा भईरहेको छ, इलामको क्षेत्र भाग वण्डा भएको छैन मञ्चबाट निराशा नफिजाउँ ।’ उनले काग्रेसको कार्यक्रममा कांग्रेसको कुरामात्रै गरेर कार्यकर्ता र नागरिकमा आशा फिजाउन सल्लाह दिए ।
    कांग्रेस नेता दिपक अधिकारीले अहिलेका गठबन्धन लोकतन्त्रका विरुद्ध भएको बताए । उनले भने ‘कार्यकर्ताले आफ्नै चुनाव चिन्हमा मतदान गर्न नपाउने व्यवस्थाले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ ।’
    कांग्रेसका महासमिति सदश्य प्रेम चाम्लिङले गठबन्धनको अभ्यास धेरै देशमा नभएको भन्दै यसले लोकतन्त्रलाई बलियो नबनाउने बताए ।
    कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सदस्य अञ्जना राईले कांग्रेसको पक्षमा जनमत निर्माण गर्नका लागि अभियान शुरु गरेको बताईन् । उनले कार्यक्रममा उठेका सुझाव तथा प्रतिकृयाहरु प्रदेश समितिमा पु¥याउने आश्विासन दिईन् ।
    कार्यक्रका सभापति इलामको निर्वाचन क्षेत्र न १ का सभापति समशेर राईले अभियानले जनता र काग्रेसलाई जोड्ने बताए ।
    प्रदेश ‘क’ कि सभापति मैया लिम्बुले अभियानले कांग्रेसको संगठनलाई बल पु¥याउने दावी गरिन् । उनले अबका निर्वाचनमा पहिलाहरुको उपस्थितीका लागि सबैले खुल्ला दिलले सहयोग गर्नुपर्ने बताइन् ।
    कार्यक्रममा सूर्योदय नगरपालिकाका सभापति जिवन कुमार नेपालले कार्यकर्तामा पार्टी प्रति तिक्तता बढ्दै गएको भन्दै समयमै सच्याएर अघि बढ्न सूझाव दिए । सो अवसरमा प्रदेश सदश्य श्याम खड्गी, सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा बराल, जिल्ला सहसचिव देवेन्द्र सुवेदी, जिल्ला सदस्य हुकुम थेवे, भुपेन्द्र कट्टेल लगायतले लगायतले बोलेका थिए ।
    अभियान अन्तरगत इलामको निर्वाचन क्षेत्र न २ मा समेत कार्यक्रम सम्पन्न भएको क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले जानकारी दिए ।



    निगरानी संवाददाता    
  • २०७९ भाद्र १३, सोमबार १६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP