logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • शुरक्षा निकायलाई विपद सामग्री हस्तान्तरण

    शुरक्षा निकायलाई विपद सामग्री हस्तान्तरण


    फिक्कल : सूर्योदय नगरपालिकाको वन, वातावरण, विपद समितिले नेपाल प्रहरी र शसस्त्र प्रहरीका इकाइहरुलाई विपद सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको वन, वातावरण, विपद समितिका संयोजक राजकुमार सेरेङको सभापतित्वमा भएको एक कार्यक्रमका विच विहीबार शुरक्षा निकायलाई विपद सामग्री र सार्वजनिक स्थलको फोहोर व्यवस्थापनका लागि ‘डस्टविन’ वितरण गरिएको हो ।
    संयोजक सेरेङका अनुसार पर्यटकिय स्थल, मन्दिर, स्वास्थ्य संस्था, बजार क्षेत्रका लागि ३५ वटा ‘डस्टविन’ वितरण गरिएको छ । समितिले पर्यटकिय स्थल श्रीअन्तु, कन्याम, हर्कटे, गोर्खे बजार, तीनघरे बजार, बुद्धपार्क, मेची आयुर्वेद औषधालय,विभिन्न वडा कार्यालय लगायतका सार्वजनिक स्थलका लागि डस्टविन वितरण गरेको संयोजक सेरेङले बताए ।
    समितिले वन, वाताव।रण र विपद व्यवस्थापनका लागि रचनात्कम कार्यक्रम अघि सारेको संयोजक सेरेङले जानकारी दिए ।



    Avatar निगरानी    
  • २०७९ माघ ५, बिहीबार १६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP