पछिल्लो २४ घण्टामा ७०जनामा कोरोना संक्रमण, कुल संक्रमित १६ हजार ७ सय १९

Share This
  •  
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
पछिल्लो २४ घण्टामा  ७०जनामा कोरोना संक्रमण, कुल संक्रमित  १६ हजार ७ सय १९

काठमाडौ , असार २७

नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७० जनामा संक्रमण देखिएको हो। 

आज थपिएका ७० सहित नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ४३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८४४२ पुगेको छ। 

कुल संक्रमितमध्ये ३६ जनाको मृत्यु भएको छ।