logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • संसदमा सुवास सम्झना

    संसदमा सुवास सम्झना

    इलाम । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संसद्‌मा सम्झिएका छन् ।

    बुवासमेत रहेका सुवास नेम्वाङको आज जन्मदिन भएको जानकारी गराउँदै उनले श्रद्धासुमन व्यक्त गरे ।

    आज हामी सबैको नेता, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको जन्मदिन । म उनलाई सम्झिएर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,’ नेम्वाङले बुधबारको प्रतिनिधिसभा बैठकमा भने

    विसं २०८० भदौ २६ गते सुवासको हृदयघातबाट निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनबाट सुहाङ निर्वाचित भएका थिए ।

    उनी अहिले एमालेबाट प्रतिनिधिसभामामा प्रतिनिधित्व गर्छन् ।

    सुहाङले बुवा सुवासलाई श्रद्धासुमन व्यक्त गर्दै इलामको कृषि बजारमा सम्भावना बोकेको छुर्पी व्यवसायको संकटबारे संसद्लाई जानकारी गराए ।

    छुर्पीको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको जानकारी गराउँदै उनले वर्षेनी चार अर्ब माथि निर्यात हुने गरेको तथ्यांक भएको बताए ।

    ‘तर, सम्भावना बोकेको वस्तु खासगरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अन्यौलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ,’ नेम्वाङले भने, ‘यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालयबीच अन्यौलता सिर्जना भएको छ ।’

    उनले नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशा देखिएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए ।

    ‘नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले व्यवसायीमा संकट पैदा भइरहेको छ । म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उनले भने ।



    निगरानी    
  • २०८१ फाल्गुन २८, बुधबार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP