logo
  • २०८३ श्रावण २७, बुधबार | Wed, 12 Aug 2026
  • संसदमा सुवास सम्झना

    • निगरानी
    • २०८१ फाल्गुन २८, बुधबार ०९:५२ गते
    संसदमा सुवास सम्झना

    इलाम । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संसद्‌मा सम्झिएका छन् ।

    बुवासमेत रहेका सुवास नेम्वाङको आज जन्मदिन भएको जानकारी गराउँदै उनले श्रद्धासुमन व्यक्त गरे ।

    आज हामी सबैको नेता, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको जन्मदिन । म उनलाई सम्झिएर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,’ नेम्वाङले बुधबारको प्रतिनिधिसभा बैठकमा भने

    विसं २०८० भदौ २६ गते सुवासको हृदयघातबाट निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनबाट सुहाङ निर्वाचित भएका थिए ।

    उनी अहिले एमालेबाट प्रतिनिधिसभामामा प्रतिनिधित्व गर्छन् ।

    सुहाङले बुवा सुवासलाई श्रद्धासुमन व्यक्त गर्दै इलामको कृषि बजारमा सम्भावना बोकेको छुर्पी व्यवसायको संकटबारे संसद्लाई जानकारी गराए ।

    छुर्पीको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको जानकारी गराउँदै उनले वर्षेनी चार अर्ब माथि निर्यात हुने गरेको तथ्यांक भएको बताए ।

    ‘तर, सम्भावना बोकेको वस्तु खासगरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अन्यौलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ,’ नेम्वाङले भने, ‘यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालयबीच अन्यौलता सिर्जना भएको छ ।’

    उनले नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशा देखिएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए ।

    ‘नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले व्यवसायीमा संकट पैदा भइरहेको छ । म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उनले भने ।



    निगरानी    
  • २०८१ फाल्गुन २८, बुधबार ०९:५२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP