सन्दकपुर गाउँपालिका अध्यक्षमा एमाले जिल्ला सचिव गुरुङको स्वतन्त्र उम्मेदवारी

सन्दकपुर  गाउँपालिका अध्यक्षमा एमाले जिल्ला सचिव गुरुङको स्वतन्त्र उम्मेदवारी

इलाम , बैशाख १२ । नेकपा एमाले इलामका जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिका अध्यक्ष पदमा पार्टिका आधिकारीक उमेद्धार विरुद्ध उमेद्धारी दर्ता गराएका छन् । पार्टिले दिएको टिकटमा असन्तुष्ट रहेका गुरुङले सोमबार सन्दकपुर गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उमेद्धारी दिएका हुन् । उनले असन्तुष्टि पछि आइतबार पार्टिको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको बताएका थिए । नेकपा एमालेले उदय राइलाई अध्यक्षमा दोहोर्याउदै टिकट दिएको थियो । राईले आइतबार नै उमेद्धार मनोनयन पत्र दर्ता गराएका थिए ।यता वडा नम्बर एकबाट गत स्थानीय निर्वाचनमा विजयी वडाध्यक्षका उमेद्धार नन्द कुमार राईले समेत एमाले पार्टि परित्याग गरी वडा १ मा स्वतन्त्र रुपमा वडाध्यक्ष पदको उमेद्धारी दिएका छन् । उनी नेकपा माओबादी केन्द्रबाट विजयी भएपनि उक्त पार्टि परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेले रहर राइलाई वडाध्यक्षमा टिकट दिएपछि उनी स्वतन्त्र उमेद्धार बनेका हुन् ।