logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • सलह किरा मार्नेलाई किलोको सय रुपैया

    सलह किरा मार्नेलाई किलोको सय रुपैया

    असार १५

    भारत हुँदै नेपाल पसेको सलह किरा देशका विभिन्न स्थानमा देखा परेको छ । स्याङ्जाको जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो एकसय रुपैयाँँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताउनुभयो ।

    गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय बताउँछन् ।



    निगरानी    
  • २०७७ असार १५, सोमबार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP