इलाम ,असार २४
स्थीर सरकार निर्माणका लागि भन्दै इलाममा प्रदर्शन भएको छ । प्रधानमन्त्री एवम् केपी शर्माओली पक्षधर इलामका युवाहरुले इलाममा प्रदर्शन गरेका हुन् । स्थीर सरकार निर्माण भए मात्र देशमा बिकासको मुल फुट्ने भन्दै इलाम बजारमा ओली पक्षधर युवाहरुले प्रदर्शन गरेका हुन् ।
‘आज हैन भोलीलाई, अबको ५ वर्ष ओलीलाई’ भन्ने नारा सहित प्लेकाड बोकेका युवाहरुले इलाम बजार परिक्रममा समेत गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ऐले गुट र उपगुट मौलाइरहेको बेला इलाममा भएको प्रदर्शनलाई निकै चासो पूर्वक हेरिएको छ । नेपका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलाममा भएको प्रदर्शनमा अनेरास्वबीयूमा आस्था राख्ने युवाहरुको उपस्थिती रहेको थियो ।
खनालको गृह जिल्लामा नै केपी ओली पक्षधरहरुले प्रदर्शन गर्न थालेपछि नेकपा भित्रको राजनितिमा नया तरंग पैदा भएको छ । ओली समर्थकहरुले इलाममा चर्का नारा समेत लगाएका थिए । तर पार्टी एकिकरणलाई सहज रुपमा स्विकार गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।
बिदेशीले देशमा चासो देखाएसँगै स्थीर सरकार हलचल हुनसक्ने भएकाले पनि प्रधानमन्त्री ओली निकटका युवाहरुको खवरदारी आवश्यक रहेको मेची क्याम्पस झापाका बिद्यार्थी नेता अशोेक खतिवडाको भनाई छ । उनले स्थीर सरकार भएमात्र देश समृद्धिको दिशातर्फ अघि बढ्ने भएकाले पनि हरेक तहबाट सरकारलाई सहयोग गर्नुपर्ने स्थिती आएको बताए । ¥यालीमा अनेरास्वबीयूमा आवद्धयुवाहरुको बाहुल्यता रहेको थियो ।
यस अघि अस्थीर सरकार भएका कारण पनि देश बिकासमा कुनै किनारा लाग्न नसकेपछि सरकारको स्थाइत्व खोज्नु परेको उपस्थि युवाहरुको भनाई छ । इलामको ठुलो टँुडिखेलबाट निकालिएको ¥याली इलाम बजार परिक्रमा गरेर चोक बजारमा कोण सभा भएर अन्त्य भएको थियो ।
इलाम चोक बजारमा नेकपा निकटकै केही युवाहरुले सो कार्यक्रम निकै रोचकता पूर्वक अवलोकन गरिरहेका थिए । पूर्व माओवादी पक्षधर ति युवाहरुले कार्यक्रम टुलुटुलु हेरिरहे पनि कुनै प्रत्रिक्रिया दिएनन् । यसले पनि पार्टी एकता स्थानिय तहमा कार्यकर्ताले स्विकार गर्न नसकेको हो कि भन्नेमा पनि चासो राख्न थालिएको छ ।
प्रतिक्रिया