भागरथी भट्टको हत्या आरोपमा सहपाठी पक्राउ

Share This
  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
भागरथी भट्टको हत्या आरोपमा सहपाठी पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।घटना भएको १३ दिनसम्म सूक्ष्म ढङ्गले अनुसन्धान गरेको प्रहरीले सनातन धर्म माविमा कक्षा ११मा अध्ययनरत भागरथीकै सहपाठी दिनेश भट्टलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।दिनेशले प्रहरी समक्ष दिएको बयान र भेटिएका प्रमाणहरूको आधारमा प्रहरी उनले नै घटना गराएको निष्कर्षमा पुगेको छ ।भागरथीको न्यायका लागि भन्दै भएका प्रदर्शनमा समेत सहभागी दिनेशलाई शङ्कास्पद मानी प्रहरीले निगरानी गरिरहेको थियो ।उनले आफैले सुरुमा भीरबाट लडाएको र त्यसपछि बलात्कार गरी हत्या गरेको बयान दिएका छन् ।उनले भागरथीको घरपरिवारसँग पहिले देखिको दुस्मनी रहेकाले यसरी हत्या गरेको बयान दिएका छन् ।प्रहरीका अनुसार यी दुवै परिवारबीच पहिलेदेखि रिसिबि हुनुका साथै आरोपितको परिवारका व्यक्तिहरूले दैनिक बयान परिवर्तन गरिरहेका थिए । तर हिजो आफैले घटनाबारे जानकारी दिएको र हत्या स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुबेदीले बताउनुभयो ।