इलाम नगरपालिकाका सबै बिधालयमा परिक्षा स्थगित

इलाम नगरपालिकाका सबै बिधालयमा परिक्षा स्थगित

इलाम बैशाख १५ इलाम नगरपालिकामा आजदेखी विद्यालयका सबै परीक्षाहरु स्थगित गरिएको छ ।
इलाम नगरपालिकाले बुधबार सूचना जारी गर्दै विद्यालयमा भौतिक उपस्थित गराएर गरिने सम्पूर्ण क्रिकयाकलाप तथा परीक्षासमेत रोक्न सूचना जारी गरेको छ । आजै बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति इलामको आज बसेको बैंठकले सबै स्थानीय तह, विद्यालय, अभिभावक र विद्यार्थीहरुलाई परीक्षा नगराउन र विद्यालयमा भौतिक उपस्थिति नजनाउन अनुरोध गर्ने निर्णय गरेको थियो । समितिकै अनुरोधमा इलाम नगरपालिकाले पनि सबै खालका परीक्षाहरु स्थगित गरेको हो ।

दुई दिनअघि इलाम नगरपालिकाले संक्रमणको जोखिमका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न भन्दै तत्काल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरुले परीक्षा सञ्चालन गर्न थालेका थिए ।