इलाम १५ चैत : स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको लागि क्षमता अभिवृद्धि तालिम आजबाट सुर्योदय नगरपालिकामा सुरु भएको छ । टेवाको आर्थिक सहयोगमा सहयात्रा नेपालले आयोजना गरेको तालिम शान्तिको लागि साझा अभियान नेपाल संगको सहकार्यमा संचालन गरिएको हो ।तालिममा न्यायिक समितिको काम कर्तव्य र अधिकार , जनप्रतिनिधीहरुको काम कर्तव्य र अधिकार जस्ता विषयवस्तु बारे जानकारी गराउने उदेश्यले संचालन गरिएको आयोजक सहयात्रा नेपालले जनाएको छ ।तालिममा अधिवक्ताहरु बाल मुकुन्द घिमिरे , सुमिता डंगोल र विन्द्रा महर्जनले सहजीकरण गरीरहनु भएको छ ।
तालिम ३ दिन सम्म सन्चालन हुनेछ । तालिमको उद्घाटन सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षता र सुर्योदय नगरपालिकाका प्रमुख रन बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा उपप्रमुख दुर्गाकुमार बराल सहित नगरका विभिन्न वडाबाट जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया