इलाम ,साउन १२
इलाममा आज देखि कोरोना विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको छ । २२ हजार नौ सय ८८ डोज खोप लगाउन जिल्लाको पाँच वटा पालिकामा आजदेखि खोप अभियान सुरु भएको छ । चुलाचुली गाउँपालिका ,फाकफोकथुम गाउँपालिका , माई नगरपालिका , देउमाई नगरपालिका र इलाम नगरपालिकामा आजबाट अभियान सुरु भएको हो । १२ गतेदेखि १४ गतेसम्म १७ गतेदेखि १९ गतेसम्म र २२ गतेदेखि २४ गतेसम्म खोेप सञ्चालन हुने जनार्ईएको छ ।
भेरोसिल खोप प्राथमिकतामा परेका उमेर समुह ५५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यलय इलामका खोप निरिक्षक गंगाधर पण्डितले बताउनु भयो । प्राध्यापक , शिक्षक , कर्मचारी , सार्वजानिक यातायतमा कार्यरत चालक र सहचालक , अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाकी रहेकाहरु प्राथमिकतामा परेका छन । त्यस्तैगरी जोनसोन खोपको प्राथमिकतामा परेका ५० देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाकी सबै नागरिक रहेका छन । अशक्त अपाङ्गता भएका नागरिक , शरणार्थीहरु , यस अघिको खोप अभियानमा छुटेका स्वास्थ्य र सरसफाइकर्मीहरु र विदेश जाने नेपाली नागरिकहरु प्राथमिकतामा परेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
प्रतिक्रिया