इलाम साउन १८ ।
इलाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत ‘बिएस्सी इन हर्टिकल्चरका’ विद्यार्थीहरुले क्याम्पसमा ताला लगाएका छन् । विभिन्न माग राख्दै आन्दोलन गरिरहेका विद्यार्थीहरुले सोमबार क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र बागवानी विभागका विभागीय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन । विद्यार्थीहरुले आफुले अध्ययन गरेको बिषयलाई लोकसेवा आयोगले मान्यता दिनुपर्ने र माथिल्लो तह (स्नातकोत्तर) अध्ययन गर्न पाउनु पर्ने माग राख्दै आएका छन । आफुहरुको माग प्रति क्याम्पसले चासो नदेखाएकोले तालाबन्दी गरेको विद्यार्थी संघर्ष समिति संयोजक किशोर आचार्यले बताउनु भयो । विद्यार्थीहरुले आफ्नो माग राख्दै क्यामपस परिसरमा नाराबाजी र कोणसभा लगायतका कार्यक्रम गर्दै आइरहेका छन ।
स्नातक तहमा बिएस्सी इन हर्टिकल्चर ८ सेमेस्टर पढाई हुन्छ । माथिल्लो तह पढाई र लोकसेवा भिड्न नपाउने भएपछि आफुहरु भविष्य अन्योल भएको विद्यार्थी केदार गजुरेलले बताउनु भयो । क्याम्पसले चासो नदिदा आफुहरुको माग सम्बोधन हुन नसकीरहेको गजुरेलले गुनासो गर्नु भयो । अब आफुले अध्ययन गरेको विषयमा रोजगारीको अवसर पनि नहुने भन्दै अब खाडी मुलुक जानुपर्ने अवस्था आएको बताउनु भयो ।
देशका विभिन्न जिल्लाका ‘बिएस्सी इन हर्टिकल्चरका’ १सय १० विद्यार्थी अध्ययनरत छन । यस अघि १सय २० विद्यार्थीले अध्ययन पुरा गरी सकेका छन । देशभरका २ सय ३० विद्यार्थीको भविष्य अन्योल भएकोले आफुहरु आन्दोलन गर्न बाध्य भएको बताएका छन ।
प्रतिक्रिया