इलाममा आज ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु , ६४ जना संक्रमित थपिए

इलाममा आज ४ जनाको  कोरोना संक्रमणको कारण  मृत्यु , ६४ जना  संक्रमित थपिए


गोपाल निरौला , इलाम साउन २० ।

पछिल्लो २४ घण्टामा इलाममा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालका अनुसार देउमाई नगरपालिका वडा नम्बर ४ का ८८ बर्षीय पुरुष,सूर्योदय नगरपालिका वडा नम्बर ३ र ४ का ६६ र ५६ बर्षीया दुई महिला र माई नगरपालिका वडा नम्बर ५का ५१ बर्षीया पुरुषको ज्यान गएको हो ।यो संगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनको कुल संख्या ८१ पुगेको फोकल पर्सन बरालले बताउनुभयो ।यही अवधीमा ६४ जना कोरोना संक्रमित थपिएका छन् ।इलाम नगरपालिकामा २५ जना,सूर्योदय नगरपालिकामा १७ जना,देउमाई नगरपालिकामा ४ जना,माईनगरपालिकामा १५ जना,माईजोगमाई गाउँपालिकामा दुई जना र फाकफोकथुम गाउँपालिकामा एक जना संक्रमित थपिएका हुन् ।आज थपिएका सहित जिल्लाभर कोरोना संक्रमितको संख्या ३६७३ पुगेको छ ।यस्तै आज ८७ जना निको भएसंगै संक्रमणमुक्त हुनेको संख्यां २७०३ रहेको छ ।हाल ८८९ जना संक्रिय संक्रमित रहेका छन् ।