रेडक्रसद्धारा स्वास्थ्य कार्यलय इलामलाई स्वास्थ्य सामग्री हस्तान्तरण

रेडक्रसद्धारा स्वास्थ्य कार्यलय इलामलाई स्वास्थ्य सामग्री हस्तान्तरण


इलाम , भाद्र १० ।
नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले स्वास्थ्य कार्यलय इलामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शाखाका सभापति शिव प्रसाद गौतम सहितको टोलीले विहिबार स्वास्थ्य कार्यलयलाई एक थान वाटर प्युरिफायर , सेफटी आई गगल्स ३० थान , सर्जिकल क्याप ६५ थान र गाउन ६५ थान उपलब्ध गराएको हो । कोरोना संक्रमणको महामारीका बेला अति नै उपयोगी र महत्वपुूर्ण सामाग्री रेडक्रसले उपलब्ध गराएको स्वास्थ्य कार्यलय इलामका कोभिड १९ फोकल पर्सन विमल बरालले बताउनु भयो ।
कोभिड महामारी नियन्त्रणमा सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट प्राप्त सामग्री कार्यलयलाई उपलब्ध गराएको शाखाका सभापति शिव प्रसाद गौतमले बताउनु भयो । सहयोग आदान प्रदान गरेर महारीको सामना गर्नु पर्ने परिस्थिती भएकोले शाखाको स्रोत नभएको अवस्थामा केन्द्र र अन्य दाताहरु मार्फत स्वास्थ्य सामाग्री संकलन गरी सहयोग पु¥याउने गौतमले बताउनु भयोे ।
यसअघि सोसाइटीले जिल्लाको सुर्योदय नगरपालिका, माइ नगरपालिका, रोड. र चुलाचुली गाउँ पालिकामा सामग्री हस्तान्तरण गरिसकेको जनाएको छ ।