logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • चियाबगान श्रमिक संघमा निरौला

    • निगरानी
    • २०७९ चैत्र १०, शुक्रबार ०३:४९ गते
    चियाबगान श्रमिक संघमा निरौला

    कन्यामः नेपाल चियाबगान श्रमिक संघ जिल्ला कार्यसमिति इलामको सातौँ अधिवेशन पुर्ण बहादुर निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
    अधिवेशनले उपाध्यक्षमा शुशिला पाण्डे, सचिवमा डोल्मा तामाङ र सहसचिवमा बुद्धिमान उराउलाई सर्वसहमत चयन गरेको छ । अधिवेशनले समितिको सदस्यहरुमा ठाकुर कटुवाल, गीता लिम्बु, दुर्गा कटुवाल, हेम कटुवाल र सुमित्रा लिम्बुलाई चयन गरेको छ ।

    नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध सघको अधिवेशन राम बहादुर मगरअध्यक्षतामा सम्पन्न भएको थियो । चिया बगान श्रमिक संघ राष्ट्रिय समितिका अध्यक्ष दिपक तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद शम्शेर रार्इ, ट्रेड युनियन कांग्रेस इलामका अध्यक्ष हरिनाथ फूंयल, नेपाली काग्रेस इलामका जिल्ला सदस्य सोनाम छिरिङ काजी, युनियनकी केन्द्रिय सदस्य कमला खनाल, चिया बगान श्रमिक संघ राष्ट्रिय समिति उपाध्यक्ष नर्वदा निरौला, नेपाली काग्रेस सूर्योदयका सभापति जीवन नेपाल लगायतको उपस्थिती रहेको थियो ।



    निगरानी    
  • २०७९ चैत्र १०, शुक्रबार ०३:४९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP