logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • फिक्कलमा नेकपा समाजवादी निकट युवाको भेला

    फिक्कलमा नेकपा समाजवादी निकट युवाको भेला

    फिक्कल ।युवा संघ नेपाल सूर्योदय नगरकमीटिले ७ दिन भित्रमा जिल्लाको समानन्तर कमिटीलाई चलायमान गर्न माग गरेको छ । युवा संघ नेपाल सूर्योदय नगरकमीटिका अध्यक्ष युवराज प्रधानको अध्यक्षतामा शनिबार भएको भेलाले ७ दिन भित्रमा जिल्ला नेतृत्वलाई गतिरोध अन्त्यका लागि दबाब दिने निर्णय गरेको हो ।
    नेकपा एमाले फुटेर बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) पाटीको भातृ संगठन युवा संघको भेलाको आयोजना गरेको अध्यक्ष प्रधानले जानकारी दिए ।
    नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चित्रकला बराईलीको प्रमुख आतिथ्यता तथा युवासंघ नेपाल स्थायी कमिटी सदस्य तथा इलाम जिल्ला इञ्चार्ज पेमा उगेन लामाको बिशेष आतिथ्यततामा भएको भेलाले राजनीतिक परिवेस फेरीएको अवस्थामा जिल्लामा बनेको समानन्तर कमिटीलाई हालको राजनैतिक गतिरोध अन्त्यका लागि निर्णायक भूमिका निर्वाहका लागि दबाब दिने निर्णय गरिएको छ ।
    नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बिच आन्तरिक बिवाद पछि नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराई सकेका छन् ।
    जिल्लामा कमीटिहरु समायोजन हुने क्रममै रहेको बेला इलाममा पनि एमाले दुई चिरा भैसकेको छ । जिल्लामा माधव नेतृत्वको नेकपा एकिकृत समाजवादीको नेतृत्व नेता भक्त केशीले गरिरहेका छन् ।



    निगरानी    
  • २०७८ भाद्र १२, शनिबार १५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP