इलाममा जलवायु अनुकुलन तथा निती प्रक्रियामा महिला नेतृत्व सम्बन्धी तालीम

इलाममा जलवायु अनुकुलन तथा निती प्रक्रियामा महिला नेतृत्व सम्बन्धी तालीम

इलाम ,असोज १३
जलवायु अनुकुलन र उत्थानशील विकास कार्य र निती प्रक्रियामा महिला नेतृत्व सम्बन्धी तीन दिने तालीम इलाममा संचालन भइरहेको छ । प्रकृति रिर्सोसेस सेन्टर र सहयात्रा नेपालको आयोजनामा वुधवार देखि इलाम सदरमुकाममा तालीम संचालन भएको हो । सेन्टरको पहलमा गठन भएका काभ्रे जिल्लाको बनेपा नगरपालिका , काठमाण्डौको तारकेस्वर नगरपालिका र इलाम नगरपालिकामा रहेका बहुसरोकार मञ्चका सहभागी छन । यस्तै वातावरणको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि इलाम नगरपालिका अन्र्तगत वातावरण समितिका पदाधिकारी , संचारकर्मी तथा जनप्रतिधि सहित ३० जनाको सहभागीता रहेको छ । कार्यक्रममा सुवास लामिछाने , प्रज्ञा शेरचन लगायतले सहजीकरण गरीरहनु भएको छ । ग्लोवल एलाइन्स फर ग्रीन एण्ड जेण्डर एक्सन (गागा)को सहयोगमा तालीम आयोजना भएको जनाइएको छ ।
यसैबीच तालीमको उद्घाटन इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता र सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षतामा भएको थियो ।

उद्घाटनमा इलाम नगरपालिकाको वातावरण तथा विपत समितिका संयोजक , वडा ४ का वडाध्यक्ष नुतनदेव दुलाल , नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । प्रकृति रिर्सोसेस सेन्टरका कार्यक्रम अधिकृत प्रज्ञा शेरचनले राख्नु भएको थियो भने संचालन सविता पाण्डेले गर्नु भएको थियो । जलवायुु परिवर्तन बारे सचेत गराउदै यसका अस्ररहरु कम गर्न कसरी एक आपसमा हातेमालो गर्न सकिन्छ भन्ने उदेश्यले तालीमको आयोजना गरिएको सेन्टरले जनाएको छ ।