प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा सोङ्मी

प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा  सोङ्मी

इलाम , कात्तिक २५ ।
प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित हुनुभएको छ । विहीबार इलाम सदरमुकाममा सम्पन्न भएको  सेन्टरको पाँचौ जिल्ला सम्मेलनले सोङ्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट पत्रकारको संगठन सेन्टरको पाँचौ सम्मेलनले सोङमीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।उपाध्यक्षमा सरीता राई र लिलाबहादुर लिम्बू, सचिवमा नमिन ढकाल, सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषाध्यक्षमा रोशन काफ्ले निर्वाचित भएका छन् ।सदस्यहरुमा गंगा पराजुली, गोपाल गिरी, तेजबहादुर घिमिरे, धमप्रसाद जवेगू, दलबहादुर लिम्बू, नविन फागो र अंकित बराईली निर्वाचित भएका छन् ।

जिल्ला सम्मेलन आयोजक समितिका संयोजक राजेश पराजुलीको अध्यक्षता र नेकपा माओवादी केन्द्र प्रदेश १ सदस्य एवम् इलाम इन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यतामा  उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा माओवादी केन्द्र इलामका संयोजक सोममाया राई (सिन्धु) सचिव विजय खम्बू, प्रेस सेन्टर केन्द्रीय सम्मेलन आयोजक सदस्य मिलन लिम्बू, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, राम योङहाङ,  सविता पाण्डे,  रमेश पराजुली,  किरण पौड्याल ,लक्ष्मी मिश्र, शर्मा , प्रवास शर्मा ,लगायतले शुभकामना मन्तव्य राखेका थिए ।