logo
  • २०८३ जेष्ठ ५, मंगलवार | Tue, 19 May 2026
  • इलाममा भाईले गरे आफ्नै दाजुको हत्या

    इलाममा भाईले गरे आफ्नै दाजुको हत्या


    इलाम ,कार्तिक ३०

    इलाममा भाईले आफ्नै दाजुको हत्या गरेका छन । सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा ३० वर्षिया चक्र मुखियाले आफ्नै दाजु वर्ष ३५ को इच्छा मुखियालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय इलामका डिएसपी तथा सुचना अधिकारी गंगा बहादुर थापाले बताउनु भएको छ । सोमबार साँझ करिब ६ ः३० बजे उनीहरुकै काका मान बहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद हुँदा चक्कु प्रहार गरे पछि मुखियाको घटनास्थलमै मृत्यु भएको स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी पुगेको थियो । जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी चौकी बन्दुकेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र अस्थाई प्रहरी पोष्ट बिप्लाटेबाट प्रहरी टोली खटिई घटनास्थल पुगेको थियो । चक्कु प्रहार गर्ने चक्र मुखियालाई चक्कु सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ कार्तिक ३०, मंगलवार ०२:४६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP