इलाम,चैत १९ ।
रोङ गाउँपालिका -५ को इरौटारमा उद्घोषण तालिम शुक्रबार देखि सुरु भएको छ । रोङ गाउँपालिकाको सहयोगमा सहयात्रा नेपाल संस्थाले महिलाहरूको लागि पाँच दिने आधारभूत उद्घोषण तालिम आयोजना गरेको हो । महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उदेश्यले रोङ गाउँपालिकाको महिला तथा बालबालिका शाखाको कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको जनाएको छ ।
तालीमको उदघाटन गर्दै रोङ गाउँपालिका उपप्रमुख चन्द्रकला राईले महिलाहरूको सीप बिकास अन्तर्गत उद्गाघोषण तालीम आयोजना गरिएकोले सक्रिय रुपमा सहभागी हुन अनुरोध गर्नु भएको छ ।
सहयात्रा नेपालको अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा भएको कार्यक्रममा रोङ गाउँपालिका ५ का वडा अध्यक्ष युवराज खाप्तुवा राई , वडा सदस्य बिना कुमारी राई , रोङ गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रेनुका राई , वडा सचिव सन्ध्याकला राई ,महिला नव प्रतीभा बहुउदेश्य सहकारी सस्थाकि अध्यक्ष गोमा देवि खतिवडा
लगायतले शुभकामना मनत्ब्य राखेका थिए । तालिमलाई सविता पाण्डे र मिलन गुरुङले सहजीकरण गरि रहनु भएको छ । तालीममा ३० जनाको सहभागीता रहेको छ ।
प्रतिक्रिया