इलामको माईजोगमाईमा क्रियापुत्रीले गरे मतदान

इलामको माईजोगमाईमा क्रियापुत्रीले गरे मतदान


विनु खड्का , इलाम, बैशाख ३०

माईजोगमाई गाउपालिका १ प्रेमेजुङमा दुई जना क्रियापुत्रीले मतदान गरेका छन । माईजोगमाई गाउँपालिका १ प्रेमेजुङका तोया दहाल र प्रेम सागर दहालले बुबाको निधन भएपछि १३ दिने काजक्रिया गरी रहनु भएको छ । क्रियापुत्री भएर काम गरी रहेको अवस्थामा मतदानमा सहभागी हुनु भएको हो । । दहाल दाजुभाईले माईजोगमाई गाउँपालिका १ स्थित शिवमाई मावि मतदान केन्द्रमा मतदान गरेका हुन । छ दिन अगाडि बुबाको निधन भएपछी दहाल दाजुभाई शोकको घडीमा पनि जनप्रतिनिधी चयन गर्ने ऐतिहासिक अवसर भएको भन्दै मतदानमा सहभागी भएको बताउनु भयो ।

शिवमाई मावि मतदान केन्द्रमामा ८ सय ३० जना मतदाता रहेका छन । माईजोगमाईमा ११ वटा मतस्थल र २० वटा मत केन्द्र रहेका छन । माईजोगमाई गाउँपालिकामा कुल १४ हजार ८ सय ५ जना मतदाता रहेका छन ।