logo
  • २०८३ जेष्ठ २६, मंगलवार | Tue, 09 Jun 2026
  • इलाममा निर्वतमान वडाध्यक्ष सहित १९२ जना एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश

    इलाममा निर्वतमान वडाध्यक्ष सहित १९२ जना एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा एमाले लगायत अन्य पार्टी परित्याग गरि १९२ जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । गठबन्धनले आयोजना गरेको चुनावी सभामा ठूलो संख्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली काङ्ग्रेस रोजेका हुन् ।पार्टी परित्याग गर्नेमा एमाले फाकफोकथुम गाउँपालिका उपाध्यक्ष एवम् वडा नम्बर ७का निर्वतमान वडाध्यक्ष लोक बहादुर थापा लगायत छन् ।थापा लगायतको ठूलो समूहलाई नेपाली काङ्ग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर २का उम्मेदवार डम्बर खड्का,पूर्व सभापति केशव थापा,हिमालय कर्मचार्य लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

    थापा २०७४ सालको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।कार्यक्रममा थापाले विगत २३ बर्षदेखी इलामको क्षेत्र नम्वर २ बाट सुवासचन्द्र नेम्वाङले चुनाव जितेपनि विकासको नाममा सिन्को नभाचेको बताउँदै अव नेम्वाङबाट कुनै काम नहुने बताए ।२३ बर्षदेखी जनतालाई पटक पटक झुक्याएको बताउँदै थापाले आगामी मसिर ४ गते नेम्वाङलाई विदा गर्नुपर्नेमा जोड दिए ।दुई तिहाईको संसदलाई भंग गरेर एमाले अध्यक्ष ओली तानाशाहा बन्न खोजेकोले संविधानको रक्षाको लागि पाँच दलिय गठबन्धनको आवश्यकता रहेको गठबन्धन गरेका दलका नेताहरुले बताएका छन ।



    निगरानी संवाददाता    
  • २०७९ मंसिर १, बिहीबार ११:३८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP