सूर्योदय : नेपाली काग्रेस सूर्योदय अहिले प्रथम वडा सम्मेलनको अवसर पारेर गाउँमा पुगेको छ । कांग्रेसका प्रायः कार्यक्रममा सोधिने प्रश्न र दिईने जवाफ ‘के कांग्रेस सुध्रीएला ?’ को वरिपरि सम्मेलन सम्पन्न हुने गरेको छ ।
शनिबार सूर्योदय नगरपालिका ८ को प्रथम वडा सम्मेलनमा पनि दर्जन बढि वक्ताहरुले ‘के कांग्रेस सुध्रेला’कै वरिपरी रहेर आफ्ना कुरा राखेका छन् ।
कार्यक्रममा बोल्दै महासमिति सदस्य टिकाराम सुब्बाले नयाँ दलमा प्रवेश गर्नेहरु कुनै दलमा पनि स्थिर नरहने बताए । उनले कांग्रेसले नै मुलुकको स्थायी नेतृत्व दिने समेत दावी गरे । उनको भनाई थियो ‘वर्तमान परिस्थीती अनुसार कांग्रेसले आफुलाई सच्याउने प्रयास गर्नुपर्छ ।’
नेपाली कांग्रेका क्षेत्रीय सभापति तथा प्रदेश सांसद समशेर राई भन्दै थिए ‘कांग्रेस भित्र आमूल परिवर्तनको जÞरूरी छ र त्यो सम्भव छ, निर्णयहरु सच्चाएर जानु पर्छ ।’ उनले उपनिवाृचन दलहरुको गÞलत निर्णयको कारण जन्मेको असंतुष्टिको मत भएको उनको भनाई थियो ।
नेपाली कांग्रेसको क्षेत्र न १ (ख) का सभापनि निश्कल राईले पार्टी केंद्रिय नीति अधिवेशनमा कांग्रेसले पार्टीको अहिले भएको सदस्यता वर्गीकरण हटाउनु पर्ने बताए । उनले भने ‘टिकट बितरणको बेला साधारण सदस्यहरुबाट प्री इलेक्शन गरेर उम्मेदवार चयन गर्दा अहिले देखिएको संस्थागत गुटको अन्त्य हुनछ ।’ नेपाली कांग्रेसलाई अहिलेको उपनिर्वचनमा आएको परिणामले धेरै असर नगर्ने तर समय सापेक्ष परिणाम मुखी अबको पाइला अघि नबढाए चुनौती हुनसक्ने उनको तर्क थियो । नेपाली कांग्रेसले सामूहिक निर्णयमा विश्वास गर्छ तर पार्टीका तल्लो तहका कार्यकर्ताको आवाजÞलाई सुन्न सकिएन भने पार्टीलाई संस्थागत रुपमा हामीले रूपान्तरण गर्न नसकिने उनले बताए ।
वडा सभापति राजेन्द्र तुम्लिङ्गेको सभापतित्वमा भएको कार्यक्रममा नगर सभापति जिवन नेपाल, जंग गुरुङ्ग, रमेश प्रधान, हेम कट्टेल, भूपेन्द्र कट्टेल, रामू प्रधान, अनिश यक्खा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश सभा, नगरपालिकार वडामा विजयी जनप्रतिनिधिहरुलाई बधाई पत्र अपर्ण गरिएको थियो ।