इलाम , माघ ५ : इलाम नगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार वडा कार्यलयमा वडामा स्थायी बसोबास गर्ने ८० बर्ष माथिका ४२ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरि सम्मान गरिएको वडा अध्यक्ष दलमान तामाङ्गले बताउनु भयो । जेष्ठ नागरिक अभिभावक भएकोले उहाँहरुको सम्मान गर्न वडाले जाडो मैसममा न्यानो कपडा वितरण गरिएको जनाइएको छ ।न्यान्यो कपडा पाए संगै जेष्ठ नागरिक खुशी व्यक्त गरेका छन । आगामी दिनमा जेष्ठ नागरिक लक्षित कार्यक्रम संचालन गरिने वडाअध्यक्ष तामाङले बताउनु भयो । इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यय्तामा भएको थियोे । स्थानीय सरकारको सम्पुर्ण कर्तव्य र दायित्व प्रति नगर प्रतिबद्ध रहेको नगर प्रमुख थापाले बताउनु भयो । जेष्ठ नागरिकको लागि नगरले विभिन्न कार्यक्रम ल्याएको छ ।
प्रतिक्रिया