logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • इलाममा छायांकन गरिएको टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ सार्वजनिक हुदै

    • निगरानी
    • २०८२ श्रावण ६, मंगलवार १०:५८ गते
    इलाममा छायांकन गरिएको टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ सार्वजनिक हुदै

    निशान निरौला ,इलाम, श्रावण ६ : एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते, मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हाँस्यसहितको गहिरो सामाजिक सन्देश दिन खोजेको निर्माण पक्षले जनाएको छ।

    इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे, सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली, र जीवनशैलीलाई नजिकबाट चित्रण गरिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बसोबास गर्ने नेपालीको कथासमेत समेटेर समग्र नेपाली समाजको जीवनशैली उजागर गर्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ।

    टेलिफिल्मका निर्देशक तथा कथाकार हिकस राईका अनुसार, यसमा हाँस्य र भावनात्मक दुवै पक्ष समेटिएको छ। “दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कोतिर आँसुका थोपा पनि पाउनेछन्,” निर्देशक राईले बताए।

    टेलिफिल्ममा इलामे युवा पत्रकार बिक्रम सुन्दासले मोहनलाल पात्रको भूमिका निर्वाह गरेका छन्। त्यस्तै, मोडल मुकेश गुरुङले चुलबुले, साहिल कार्कीले भैरे, विपना लेप्चाले आमा, हेम गेशाले देशी कान्छा, निकिता राईले चाँचरी, कुलमित लेप्चाले ठुली, प्रमोद शुब्बाले सालो, सुचन सम्पाङ राईले छोरा र निर्देशक हिकस राईले विदेशी पात्रको भूमिकामा अभिनय गरेका छन्। टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ एच।के।आर। इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।दर्शकले माया र साथ दिनेमा टिम विश्वस्त रहेको पत्रकार बिक्रम सुन्दासले बताए।



    निगरानी    
  • २०८२ श्रावण ६, मंगलवार १०:५८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP