रेनुका चापागाई । सूर्योदय इलामकोे सुर्योदय नगरपालिका १४ चुङमाङ रहेको शारदा आधारभुत बिद्यालय सुदुर गाउँका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभ्यासमा छ । सिमित स्रोत साथनको उच्चतम उपयोग गर्दै आएको विद्यालयमा हाल विद्यालय आसपासका विद्यार्थीले रमाउदै सिक्ने अवसर पाएको अभिभावकले बताएका छन् । मेचीराजमार्ग को भालुखोपबाट ११ किलो मिटरको कठिन कच्ची बाटो तय गरेर पुग्न सकिने सो विद्यालय २०२१ सालमा स्थापना भएको हो । कक्षा नर्सरी देखि आठ सम्म सञ्चालनमा रहेको यस सामुदायिक बिद्यालयमा ग्रामिण भेगमा सिमित श्रोत र साधनको सहायतामा अङ्ग्रेजी माध्यममा उत्कृष्ट पठनपाठन हुने गरेको विद्यालयको दावी छ । बिद्यार्थीको स्वास्थलाई मध्यनजर गर्दै फिल्टराइज शुद्ध पिउन्र पानीको ब्यवस्थापन गरिएको यहाँ भवनहरुको अभावमा अस्थायी टहरा बनाएर भए पनि पठनपाठन गरिदै आएको छ । विद्यालयमा गाडी पुग्ने बाटा देखि जग्गाको समेत अभाव छ । स्थानीय र विद्यालय प्रशासनको सहकार्यमा देउसी भैलो कार्यक्रमबाट उठेक रकमबाट उठेको रकमबाट अहिले विद्यालयको भवनका लागि पहल शुरु भएको विद्यालयले जनाएको छ । सूर्योदय नगरपालिकाले दुई कोठे भवन निर्माणका लागि अनुदान उपलव्ध गराएपछि भवन निर्माणको काम शुरु हुन लागेको बिद्यालयका प्रधानाध्यापक बुद्ध राज थापाले जानकारी दिए । रेनुका चापागाई । सूर्योदय इलामकोे सुर्योदय नगरपालिका १४ चुङमाङ रहेको शारदा आधारभुत बिद्यालय सुदुर गाउँका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभ्यासमा छ । सिमित स्रोत साथनको उच्चतम उपयोग गर्दै आएको विद्यालयमा हाल विद्यालय आसपासका विद्यार्थीले रमाउदै सिक्ने अवसर पाएको अभिभावकले बताएका छन् । मेचीराजमार्ग को भालुखोपबाट ११ किलो मिटरको कठिन कच्ची बाटो तय गरेर पुग्न सकिने सो विद्यालय २०२१ सालमा स्थापना भएको हो । कक्षा नर्सरी देखि आठ सम्म सञ्चालनमा रहेको यस सामुदायिक बिद्यालयमा ग्रामिण भेगमा सिमित श्रोत र साधनको सहायतामा अङ्ग्रेजी माध्यममा उत्कृष्ट पठनपाठन हुने गरेको विद्यालयको दावी छ । बिद्यार्थीको स्वास्थलाई मध्यनजर गर्दै फिल्टराइज शुद्ध पिउन्र पानीको ब्यवस्थापन गरिएको यहाँ भवनहरुको अभावमा अस्थायी टहरा बनाएर भए पनि पठनपाठन गरिदै आएको छ । विद्यालयमा गाडी पुग्ने बाटा देखि जग्गाको समेत अभाव छ । स्थानीय र विद्यालय प्रशासनको सहकार्यमा देउसी भैलो कार्यक्रमबाट उठेक रकमबाट उठेको रकमबाट अहिले विद्यालयको भवनका लागि पहल शुरु भएको विद्यालयले जनाएको छ । सूर्योदय नगरपालिकाले दुई कोठे भवन निर्माणका लागि अनुदान उपलव्ध गराएपछि भवन निर्माणको काम शुरु हुन लागेको बिद्यालयका प्रधानाध्यापक बुद्ध राज थापाले जानकारी दिए ।
प्रतिक्रिया