इलाम, बैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नामाकरणको बिषयमा आन्दोलन गर्न औचित्य नभएको बताउनु भएको छ । आफूहरुले गरिरहेको संस्कृति र शान्तिपुर्ण व्यवहारका विरुद्ध केहि मानिसले हमला गर्ने र ढुंगा हान्ने कार्य गरेको उहाँको आरोप छ । पहिचानको नाम गरेर हमला गर्ने ढुंगा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनु भयो । एमाले जिल्ला कमीटी इलामले आयोजना गरेको जिल्ला अधिवेसन प्रतिनिधी परिषद बैठकको उद्घाटन गर्दै ओलीले ढुंगा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपुर्ण रुपमा लाग्न पहिचानबादीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा एमालेका सुवास नेम्बाङले पहिचान र समावेशीताका लागि नेकपा एमालेले नै अग्रसर भएर लडाई लडेको स्मरण गर्नु भयो । देशले आर्थिक संकट ब्यवहोनुैपर्ने अवस्था आएको बताउनु भयो । सरकारी कर्मचारीहरुले तलव खान नपाउने अवस्था श्रृजना भएको भन्दै सचेत हुनुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रम उद्घाटन गर्न आउनुभएका अध्यक्ष ओली लगायतका नेतालाई पहिचानबादीहरुले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरुले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । कोशी प्रदेश नामाकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओली लगायतका नेता विरुद्ध नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया