इलामका युवाको स्वाब परिक्षण रिर्पोट नेगेटिभ ।

Share This
  •  
  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares
इलामका युवाको स्वाब परिक्षण रिर्पोट नेगेटिभ ।

फ्रान्स बाट कतार हुदै गत ४ गते आएकी कोरोना संक्रमित युवती सँग एउटै विमानमा नेपाल आएका इलामका एक युवामा गरिएको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । इलाम नगरपालिका ४ का रमेश दुलालको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको इलाम अस्पतालले प्रेस नोटमा उल्लेख गरेको छ । २४ वर्षिय दुलाल अस्पतालको निगरानीमा आफ्नै घरमा क्वारेन्टाइनमा बस्दै आउनु भएको थियो । गत २१ गते दुलालको स्वाब संकलन गरी वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।