महिला संघ इलाम विस्तार 

महिला संघ इलाम विस्तार 

इलाम:नेपाली कांग्रेसको भगिनी संगठन  नेपाल महिला संघ जिल्ला कार्यसमिति इलामको समिति विस्तार गरिएको छ  

संघकी इलाम अध्यक्ष भगवती पराजुली कोइरालाको अध्यक्षयातामा आइतबार सम्पन्न भेलाले कार्यसमिति विस्तार गरेको हो । 

भेलाले समितिको उपसभापतिमा डिल्लिमाया चौलागाई र आशा तामाङ , सचिवमा कमला बराल र सोनु मुखिया,  कोषाध्यक्ष पदमा सुनिता बस्नेत सहसचिवमा खिनमाया बस्नेत र ज्योतिमाला प्रधानलाई मनोनयन गरेको अध्यक्ष पराजुलीले बताईन् ।

समितिको सदस्यहरुमा दिपा न्यौपाने, पुनम गुरूङ, कल्पना राेकाया, रोमी पौडेल,  सुर्यमाया राई, विन्दा बस्नेत, अम्बिका आङ्दाम्बे, मनिता कार्की राउतलाई मनोनित गरेको पराजुलीले जानकारी दिइन् । पराजुलीले समावेशी सिद्धान्तलाई ध्यान दिदै केही दिनमा सदस्य थप गर्ने जानकारी दिइन् । उनले क्षेत्रीय समिति गठनको तयारी शुरू गरेको बताइन् । 

जिल्ला, क्षेत्र र स्थानीय तहमा यस अघिका समिति निष्कृय भएपछि केन्द्र समितिले पराजुलीलाई जिल्ला अध्यक्षमा मनोनित गरेको हो  । अध्यक्ष पराजुलीले स्थानीय तहसम्म समिति निर्माणका लागि काम शुरू गरेको जानकारी दिईन् ।  भेलाले निर्मला प्रसाई, पुष्पा रिजाल खनाल , र डाला कुमारी बिष्ट कार्कीलाई सल्लाहकारमा मनोनीत गरेको छ ।