चलचित्र हिरो नं. १ युरोपका दर्जनौं देशहरुमा प्रदर्शनको लागी सम्झौता

चलचित्र हिरो नं. १ युरोपका दर्जनौं देशहरुमा प्रदर्शनको लागी सम्झौता

काठमाडौं । नेपालमा सफलता पुर्वक तेश्रो हप्तामा प्रदर्शन प्रवेश हुँदै गर्दा चलचित्र हिरो नं. १ युरोपका दर्जनौं देशहरुमा प्रदर्शनको लागी सम्झौता सम्पन्न भएको छ । गत भदौ २७ गतेदेखि देशब्यापी तथा असोज ३ गतेदेखि डिसहोमको सिनेमाघर, च्यानल नं. १०८ मा प्रदर्शन भई रहेको यो चलचित्रको नेपालमा बितरकको जिम्मेवारी एफ.डी. कम्पनी र रिच ईन्टरटेनमेन्टले लिएका थिए भने युरोप प्रदर्शनको जिम्मेवारी कृष्ण सापकोटाले लिएका छन् । सापकोटा यस चलचित्रका निर्माता तथा निर्देशक समेत रहेका नायक जयक किशन बस्नेतका पुराना दौंतरी हुन् ।

लामो समय देखि स्विजरल्याण्डमा रहेर अन्तर्राष्ट्रिय कलाकार मञ्च स्विजरल्याण्डको अध्यक्ष कृष्ण सापकोटाले राम्रो युरोपमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले राम्रो चलचित्र हेन माग गरि रहेको बेला हिरो नं. १ को आफुले युरोपमा प्रदर्शन गर्न पाउँनु गौरवको विषय भएको बताए । –युरोपमा रहेका नेपालीहरुले स्तरीय चलचित्र हेर्न रहर गरिररहेका हुन्छन् तर उनीहरुको माग बमोजिमका चलचित्रहरु प्रदर्शन गर्न पाईएको थिएन । हिरो नं. १ ले युरोपका दर्शकहरुको नेपाली चलचित्र हेर्ने चाहना पुरा गर्ने भएको छ । हामी नेपालीहरुको दुई महान चाड दशैं र तिहारसँगै यो चलचित्र युरोपमा प्रदर्शन गर्नेछौं – सापकोटाको भनाई रहेको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं. १ स्विजरल्याण्ड, अमेरिका, जर्मन, फ्रान्स, पोर्चुगल, बेल्जियम, स्पेन, बेलायत, क्यानाडा, मलेसिया र सिंगापुरमा प्रदर्शन हुँदैछ । यस चलचित्रमा नायक जय किशन बस्नेतको साथमा एलिना रायमाझी, जाहान्वी बस्नेत, शंघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, प्रनिपराज अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । स्वदेशमा सफल प्रदर्शन भएको यो चलचित्रलाई बिदेशमा रहेका दर्शकहरुले पनि माया गर्नेमा निर्माता, नायक तथा निर्देशक बस्नेत ढुक्क देखिएका छन् ।