logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • शिक्षक आन्दोलनमा ट्रेड युनियन कांग्रेस कोशीको ऐक्यवद्धता

    • निगरानी
    • २०८१ चैत्र २१, बिहीबार १६:३७ गते
    शिक्षक आन्दोलनमा ट्रेड युनियन कांग्रेस कोशीको ऐक्यवद्धता


    इलाम , २१ चैत : सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरूले शुरु गरेको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेस कोशीले ऐक्यवद्धता जनाएको छ ।
    नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको इलामको सूर्योदयमा विहिबार सम्पन्न पुर्ण बैठकले शिक्षकहरुले अघि सारेको मागले शिक्षकहरुको पेशागत शुरक्षा र शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने भएकाले माग संवोधन गर्न माग गर्ने समेत निर्णय गरेको नेपाल ट्रेड युनियन काग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले जानकारी दिए ।
    बैठकले चैत्र १५ मा काठमाण्डौको तीन कुने क्षेत्रमा भएको घटनाको निन्दा गरेको छ ।
    अध्यक्ष कार्कीको अध्यक्षतामा भएको बैठकमा पुर्व राष्ट्रिय अध्यक्ष लक्ष्मण बहादुर बस्नेत, निर्वतमान अध्यक्ष पुष्कर आचार्य, महासचिव अजय राई, उपाध्यक्ष ज्योती कोइराला सहितको उपस्थिति रहेको थियो ।  बैठकले आर्थिक, सांगठनिक प्रस्ताव पारित गरेको जनाइएको छ ।
    बैठकलाई संबोधन गर्दै पुर्व राष्ट्रिय अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले ट्रेड युनियन आन्दोलनले श्रमिकका समस्या समाधान गर्न नसकेको गुनासो सुनाए । निवर्तमन अध्यक्ष पुष्कर आचार्यले  श्रमिकका समस्या समाधान गर्ने तर्फ सरकार उदासिन भएको बताए । उनले ट्रेड युनियनका संस्थाहरुमा जुझारुपन हराएकाले उद्योगपतीहरु हावी भएको बताए ।
    राष्ट्रिय उपाध्यक्ष ज्योती कोइरालाले शिक्षकहरुको आन्दोलन माग सम्बोधन नभए सम्म नरोकिने अवस्थामा रहेको बताए ।
    राष्ट्रिय समितिका महासचिव अजय कुमार राईले श्रमिकको न्युनतम पारिश्रमीकको विषयमा ट्रेड युनियन संस्थाहरुको एक आवाज बनाउन प्रयास भइरहेको बताए । उनले रोजगारदाताको हस्तक्षेप बढेकै कारण श्रमिकहरुको आवाज कमजोर बन्दै गएको बताए ।
    उनले देशैभरबाट करिब ४० हजार शिक्षक सडक आन्दोलनमा उत्रिएका विषयमा नेपाल ट्रेड युनियन कांग्रेस आन्दोलनकारी शिक्षकहरुको पक्षमा उभिएको बताए । 
    शिक्षकहरुले यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेसम्म २०८१ सालको एसईईमा सहभागी सामुदायिक र संस्थागत ५ लाख १४ हजार ७१ विद्यार्थीको उत्तरपुस्तिका समेत जाँच नगर्ने अडान राखेका छन् ।

    यस अघि २०८० असोज ३ गते देखि शिक्षकहरु यस्तै माग राख्दै आन्दोलनमा उत्रिएका थिए तर सरकार र शिक्षकहरु विच भएको सहमती कार्यान्वायन नभएको शिक्षकहरुको भनाई छ । त्यतिबेला २ पटक गरेर ६ बुँदे सहमति भएको थियो ।
    बैठकमा नेपाल ट्रेड युनियन काग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले ट्रेड युनियनकर्मीको अधिकार रक्षाका लागि ट्रेड युनियनन आन्दोलनका नेताहरु इमान्दार बन्नुपर्ने बताए ।
    बैठकमा चिया वगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दिपक तामाङ, उपाध्यक्ष नर्वदा निरौला,  ट्रेड युनियन काँग्रेस कोशीका सहसचिव हरिनाथ  फुयाल, नेपाल ट्रेड युनियन काग्रेस इलामका अध्यक्ष जिवन सुवेदी लगायतले श्रमिकका समस्या सम्बोधन गर्ने गरी पैरवी गर्न आवश्यक रहेको बताए ।



    निगरानी    
  • २०८१ चैत्र २१, बिहीबार १६:३७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP