नास्पाती खानुहुन्छ ? फाइदाबारे पनि जान्नुस्

नास्पाती गर्मी (विशेषगरी वर्षा)को समयमा गाउँघरमा सहजै पाइने फल हो । नास्पातीमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम, फोस्फोरस पाइन्छ । रसिलो नास्पाती खाँदा गर्मीको समयमा सितलता महसुस हुन्छ ।

नास्पाति स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको छ ।

नास्पातीको फाइदा यस्तो छ;

– तौल नियन्त्रण गर्न,

– छाती पोल्ने समस्याका लागि फाइदाजनक छ,

– पाचन प्रणालीमा सुधार ल्याउछ,

– रगतमा चिनीको मात्रा नियन्त्रण गर्न,

– पेट सम्बिन्धि समस्या भएमा निको हुन्छ,

– कोलेस्ट्रोल घटाउछ,

– पत्थरी हुनबाट बच्न सकिन्छ,

– कब्जियत कम गर्न सहयोग गर्छ ।