इलाम नगरपालिका वडा नं. १ मा आधारभुत स्वास्थ्य उपकेन्द्र संचालनमा

इलाम नगरपालिका वडा नं. १ मा निमार्ण भएको आधारभुत स्वास्थ्य उपकेन्द्रको उद्घाटन भएको छ । सोही वडामा रहेको जनता आधारभुत विद्यालय परिसरमा निमार्ण भएको केन्द्रको आइतवार एक कार्यक्रममा इलाम नगरपालिकाका प्रमुुख महेश बस्नेतले उद्घाटन गर्नु भएको हो । उपकेन्द्र बाट जेष्टनागरिक क्लिनिक , गाउँघर क्लिनिक , खोप क्लिनिक , परिवार नियोजन सेवा कार्यक्रम सहित अहेवले सेवा प्रदान गर्ने जनाइएको छ ।
स्थानीय जनप्रतिनिधी निर्वाचित भइसकेपछि इलाम नगरपालिकाले १ र ४ नम्बर वडामा आधारभुत स्वास्थ्य सेवा उपकेन्द्र , ४ र ६ नम्बर वडामा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा ल्याएको इलाम नगरपालिकाको स्वास्थ्य संयोजक रमान्त पौडेलले जानकारी दिनु भयो ।
स्वास्थ्यलाई नगरपालिकाले आधार भुत सुविधाको रुपमा विकास गदै आएको प्रमुख महेश बस्नेतले बताउनु भयो । संविधानले दिएको कामलाई जनताको घरसम्म कसरी पु¥याउन सकिन्छ भनेर क्रियाशील रहेको उहाँको भनाइ छ । स्वास्थ्य उपकेन्द्र संचालनमा आएसँगै वडाबासीले आधाभुत स्वास्थ्य सेवा लिन टाढा सम्म धाउनु पर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष अम्बिका गौतमले बताउनु भयो ।कार्यक्रममा जग्गा दाता देव प्रकास राईलाई सम्मान पत्र र दोेसल्ला ओडाएर सम्मान गरिएको छ । राईले भवन निमार्ण गर्न चार आना जग्गा निशुल्क प्रदान गर्नु भएको हो । यस्तै भवन निमार्ण गर्न निमार्ण सामाग्री सहयोग गर्ने लाीला बहादुर बस्नेत र भीम बहादुर थापालाई कदर पत्र प्रदान गरिएको छ ।