कोरोना विरुद्धको तेस्रो चरण कोभिशिल्ड खोप अभियान रोङ गाउँपालिको सवै वडामा संचालन भईरहेको छ । फागुण २३ गतेवाट सरकारले पहि चरणको पहिलो प्राथमिकता र दोस्रो प्राथमिकतामा परेकालाई लगाई सकिएपछि तेस्रो चरण सुरु गरेको हो । रोङमा मंगलबार सम्म ६५ वर्षका ४ सय ४६ जना जेष्ठ नागरिकले कोभिशिल्ड लगाएका छन । सोमबार वडा १ मा ४६ , वडा २मा ५३ वडा ३ मा ३९ वडा ४ मा १० वडा ५ मा २८ र वडा ६ मा ६० जनाले खोप सेवा लिएको जनाइएको छ । मंगलबार वडा १ मा ५३ , वडा २ मा ३१ , वडा ३ मा ४३ , वडा ४मा ७ , वडा ५ मा २४ र वडा ६ मा ५१ जना गरी २ सय ९ जनाले सेवा लिएको रोङ गाउँपालिकाका स्वास्थ्य सह सम्योजक युवराज काफ्लेले बताउनु भयो ।