logo
  • २०८३ बैशाख २७, आईतवार | Sun, 10 May 2026
  • मलेशियामा नेपालीमाथी अत्याचार ९ जना वेपत्ता

    • निगरानी
    • २०७६ आश्विन २१, मंगलवार ००:२३ गते
    मलेशियामा नेपालीमाथी अत्याचार ९ जना वेपत्ता

    क्वाललाम्पुुर । मलेशियाको जोहोरबारु राज्य स्थिति macro marine कम्पनीमा काम गर्ने नेपाली कामदारहरु माथि एक नेपालीले कम्पनीको सहयोगमा आफ्नै नेपाली साथीहरू सग गरे अत्याचार ।

    नेपाल घर बर्दियाका विबस भनिने लाल बहादुर वलिले नेपाली माथी नै कम्पनीको सहयोगमा स्थानीय गुण्डा तथा प्रहरी प्रयोग गरि नेपाली कामदार लाइ कुटपिट गर्ने मानसिक यातना दिने गरेको पीडित कामदार हरुले बताएका छन । अक्टोबर ५ तारीख होस्टेल मै गुण्डा र प्रहरी लगाएर कुटपिट गरि ९ जना नेपाली कामदार लाइ प्रहरी द्वारा नियन्त्रणमा लिइ बेपत्ता बनाएको जानकारी सोहि कम्पनीमा काम गर्ने एक कामदारले नाम नबताउने सर्तमा बताए ।

    प्रहरी द्वारा नियन्त्रणमा लिएका नेपालीहरु राकेश शाह,मान विर राना,लोक राना,निराजन बुढा,देब बस्नेत,हिरा राना,नविन बुढा,तिलक बोहरा,गिरिजा बुढा रहेको नेपाली मजदुर एकता केन्द्रको सम्पर्कमा आएका एक पीडितले बताएका छन ।

    यसरी सुुरुवात भएको थियो घटना ।
    हामीलाई प्राप्त जानकारी अनुसार sukarma overseas बाट ३ वर्ष अगाडि उक्त कम्पनीमा वर्क भिसामा आएका नेपाली कामदारहरुलाइ कम्पनीले एक महिना अगाडि बाट नयाँ नियम बनाइ काम गराउने बताए पछि नेपाली कामदारको तर्फबाट लिडर वलिले कम्पनीले नयाँ नियाम अनुसार काम लगाए पनि नियमित आउने पारिश्रमिकमा कुनै कमि नआउने बताए पछि नेपालीकामदारहरु नयाँ नियम मान्न सहमत भएका थिए ।

    अक्टोबर ५ तारीख सेलरी आउदा सधै आउने सेलरी भन्दा झन्डै ५०% कम सेलरी आए पछि नियमित पाउदै आएको सो सरहको पारिश्रमिक पाउनु पर्ने भन्दै नेपालीकामदारहरु डिउटी नजाने निर्णय गरि होस्टेल मै बसिरहेका थिए तर अकस्मात् स्थानीय गुण्डा र हात हतियार सहित पुलिसले होस्टेलमा प्रवेश गर्‍यो त्येस्को लगत्तै हप्काउने थर्काउने र कुटपिट गर्ने कार्य गर्नथाले पछि केहि नेपालीले भिडियो बनाउने प्रयास गर्दै गर्दा भिडियो किन बनाउने भन्दै अगाडि आएर बोल्ने जति ९ जना लाइ गिरफ्तार गरि लगेको हो ।

    बिवस वलि भनिने लाला बहादुर ओलिले कम्पनीमा कार्यरत नेपाली कामदारहरुले कुनै कामले छुट्टी बस्नु पर्दा या बढुवा हुुुँदा छुट्टै पैसा माग गर्ने गरेको र आफुहरुले पैसा नदिए बढुवा रोकिने र छुट्टी पनि नमिलाइदिने गरेको पीडितहरुले बताए अनुसार एक नेपालीले बताएका हुन । पीडित कामदारहरुले भने अनुसार आफ्नै अगाडि आफ्ना साथीहरूलाइ डराइ धम्काइ हत्कडी लगाएर प्रहरीले लिएर गएको पुरै जानकारी नेपाली मजदुर एकता केन्द्रको सम्पर्कमा आएका पीडितहरुले बताएका छ्न ।

    नेपाली मजदुर एकता केन्द्रले घटनाबारे मलेसिया स्थित नेपाली राजदुतावासलाइ जानकारी गराएको केन्द्रका महासचिव दिलिप भट्टराईले बताएका छन् । नेपाली राजदुतावासको तर्फबाट सहायक राजदुत श्री मोतीराम श्रीस मगरले खबर पाउन बित्तिकै पीडितलाइ सम्पर्क गरि धर्य रहन आग्रह गर्दै दूतावासको तर्फबाट आवश्यक पहल र प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनु भएको छ ।



    निगरानी    
  • २०७६ आश्विन २१, मंगलवार ००:२३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP