logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको ३९ वर्षको उमेरमा निधन !

    दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको ३९ वर्षको उमेरमा निधन !

    एजेन्सी। दक्षिण भारतीय फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । स्थानीय टिभी च्यानल स्टार मांका अनुसार आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उनले अन्तिम सास लिएका हुन् । उनका परिवार र डाक्टरले यो खबरको पुष्टि गरेको भारतीय मिडिया अमर उजालाले लेखेको छ

    सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । वेणुलाई सिकंदराबादको एक अस्पतालमा लाइफ सपोर्ट सिस्टमको सहारामा राखिएको थियो । माधव लामो समयदेखि मृगौला र कलेजोको समस्यासँग जुधिरहेका थिए । उनी मात्रै ३९ वर्षका थिए । डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका थिए । यही बीचमा उनको अचानक निधन भएको हो ।



    निगरानी    
  • २०७६ आश्विन ९, बिहीबार ०२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP