काठमाडौं– चर्चित र्याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्यापर समीर घिसिङ (भिटेन)ले प्रहरीमाथि नै दुर्व्यवहार गरेका छन् ।अनुसन्धानका लागि हिरासतमा रहेका भिटेनले बयानका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।\
उनलाई प्रहरीले ललितपुरको झम्सिखेलबाट बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाएको थियो ।प्रहरीका अनुसार भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
उनले गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्दहरू प्रयोग गरेको आरोप लागेको छ । साथै भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो समेत आफ्नो फेसबुक प्रोफाइलमा राखेका थिए ।
प्रतिक्रिया