logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • शनिबार कुन जिल्लामा कति संक्रमित

    शनिबार कुन जिल्लामा कति संक्रमित

    काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ को उदयपुरमा १, झापामा ७, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जनामा कोरोना छ।  

    प्रदेश २ को धुनषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा १, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ। 

    बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १७, चितवनमा १२, दोलखामा १, धादिङमा ७, नुवाकोटमा २, भक्तपुरमा ६३, मकवानपुरमा १७, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा ३, तनहुँमा ४, नवलपरासी पूर्वमा १, लमजुङमा १, बाग्लुङमा १ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ। 

    प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा ३, प्युठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ७३ र रोल्पामा ६ जनामा कोरोना पाइएको छ। 

    यस्तै, कर्णाली प्रदेशको सल्यानमा १, सुदूरपश्चिमको अछाममा १३, कञ्चनपुरमा १, डोटीमा १५, दार्चुलामा ५, बझाङमा २ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    कुल संक्रमितमध्ये १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार १९ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 



    निगरानी    
  • २०७७ आश्विन १०, शनिबार १४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP