सरुवा भएका कर्मचारीमा कोरोना देखिएपछि बैंकको सेवा बन्द

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सरुवा भएका कर्मचारीमा कोरोना देखिएपछि बैंकको सेवा बन्द

फिक्कल ः ग्लोबल आइएमई बैंक फिक्कल शाखाबाट सरुवा भएका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि त्यहा रहेका १४ कर्मचारीलाई क्बारेन्टीनमा राखिएको छ भने बैंकको सेवा बन्द गरिएको छ ।
बैंकमा कार्यरत ३५ बर्षिय कर्मचारी काठमाण्डौ सरुवा भएकोमा असोज ११ गते ललितपुरमा पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण देखिए पछि बैंकको सेवा बन्द गरिएको हो ।

असोज १२ मा आएको रिर्पोटमा उनमा संक्रमण देखिएको सूर्योदय नगरपालिकामा कोभिड–१९ फोकल पर्सन बिपुल अधिकारीले बताए । शाखाका १४ जना कर्मचारीको स्वाब संकलन गरी परिक्षणको लागि झापाको कोटिहोममा रहेको प्रयोगशालामा पठाएको छ ।

कर्मचारीहरुको निजी खर्चमा नै उनीहरुलाई पानारोमा होटलको क्वारेन्टाइनमा राखिएको अधिकारीले जानकारी दिए । कर्मचारीको रर्पिोट आएपछि मात्रै बैंकको सेवा सञ्चालन सम्बन्धी निर्णय गर्ने नगरपालिकाले जनाएको छ ।