logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • कांग्रेसको जनजाती महासंघ विस्तार (नामावली सहित)

    कांग्रेसको जनजाती महासंघ विस्तार (नामावली सहित)


    सूर्योदय : नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको इलाम क्षेत्र न १ र प्रदेश सभा क्षेत्रीय समिति क्षेत्र न १(ख) विस्तार गरिएको छ ।
    महासंघका क्षेत्रीय अध्यक्ष भरत राईले १९ सदस्य कार्यसमिति गठन गरेका हुन् । समितिका सदस्यहरुमा हेमन देवान, संजिप प्रधान, निर्मल राई, गंगादेवि मगर, सोम साउदेन, प्रकाश राई, उषा राई, अमिर ताम्राकार, ज्ञान बहादुर राई, बालकृष्ण गुरुङ, टेक बहादुर राई, युवराज तामाङ, विमला थामी, धर्म मगर, हेमा राई, प्रविन लिङ्दम, ओम प्रकाश राईलाई मनोनयन गरेका अध्यक्ष राईले जानकारी दिए । उनले समितिको बैठक राखेर पदाधिकारी चयन गर्ने जानकारी दिए ।
    यसैगरी प्रदेश सभा क्षेत्र न १(ख)का अध्यक्ष विकास राईले पनि १५ जनालाई सदस्यमा मनोनित गरेका छन् । अध्यक्ष राईले लक्ष्मी तामाङ, जुगल राई, कुल बहादुर लुंगेली, योगेन्द्र योङ्गहाङ, मिना लावती लिम्बु, युवराज तामाङ, उमाकान्त पुलामी, दिनेश आले, पुष्प प्रकाश प्रधान, गुञ्ज राई, नविन तामाङ, टंक श्रेष्ठ, बालिका पाख्रीन, निमा तामाङ र कण बहादुर राईलाई मनोनित गरेका छन् ।
    शनिवार सूर्योदय नगरपालिका ८ मा आयोजना गरेको महासंघका क्षेत्रीय र प्रदेश सभा क्षेत्रीय समितिका सदस्यहरुको सफथ ग्रहण समारोहलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस इलामका सभापति डम्बर बहादुर खड्काले कांग्रेसलाई चलायमान बनाउन भातृसंगठनको भुमिका महत्वपुर्ण हुने बताए । संविधन सभा सदस्य टिकाराम लाप्चाले सबैले विधनको परिधिमा रहेर अघि बढ्नु पर्ने बताए । महासंघका जिल्ला अध्यक्ष नरेन्द्र लावतीले महासंघले कांग्रेसको पक्षमा जनमत निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए । उनले अन्य दलले आदिवासी जनजातीको नाममा झुटको राजनीति गरेको आरोप लगाए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै सूर्योदय नगरपालिकाका उपमेयर एवं नेपाली कांग्रेसका जिल्ला सदस्य दुर्गा कुमार बरालले कांग्रेसलाई दह्रो बनाउन नेतृत्वमा रहेकाहरुले गुटगत मानसिकता त्याग्नु पर्ने बताए । उनले भने ‘अहिले सबैतर्फबाट लोकतन्त्रमाथी प्रहार भइरहेकाले यसको रक्षाका लागि पनि नेपाली कांग्रेसले टोल तहबाट नै नागरिकलाई संगठीत गर्नु आवश्यक छ ।’ बरालले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले मतदाता सम्म पुग्ने प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए ।
    महाधिवेशन प्रतिनिधि जंग बहादुर गुरुङले सबैको प्रयासबाट मात्रै अहिलेको उपलव्धीको रक्षा हुन सक्ने भन्दै सचेतताका साथ अघि बढ्न सुझाव दिए । संजिप प्रधानले सञ्चालन गरेको सो कार्यक्रम क्षेत्रीय अध्यक्ष भरत राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
    कांग्रेसको जनजाती महासंघ विस्तार (नामावली सहित)
    सूर्योदय ः नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको इलाम क्षेत्र न १ र प्रदेश सभा क्षेत्रीय समिति क्षेत्र न १(ख) विस्तार गरिएको छ ।
    महासंघका क्षेत्रीय अध्यक्ष भरत राईले १९ सदस्य कार्यसमिति गठन गरेका हुन् । समितिका सदस्यहरुमा हेमन देवान, संजिप प्रधान, निर्मल राई, गंगादेवि मगर, सोम साउदेन, प्रकाश राई, उषा राई, अमिर ताम्राकार, ज्ञान बहादुर राई, बालकृष्ण गुरुङ, टेक बहादुर राई, युवराज तामाङ, विमला थामी, धर्म मगर, हेमा राई, प्रविन लिङ्दम, ओम प्रकाश राईलाई मनोनयन गरेका अध्यक्ष राईले जानकारी दिए । उनले समितिको बैठक राखेर पदाधिकारी चयन गर्ने जानकारी दिए ।
    यसैगरी प्रदेश सभा क्षेत्र न १(ख)का अध्यक्ष विकास राईले पनि १५ जनालाई सदस्यमा मनोनित गरेका छन् । अध्यक्ष राईले लक्ष्मी तामाङ, जुगल राई, कुल बहादुर लुंगेली, योगेन्द्र योङ्गहाङ, मिना लावती लिम्बु, युवराज तामाङ, उमाकान्त पुलामी, दिनेश आले, पुष्प प्रकाश प्रधान, गुञ्ज राई, नविन तामाङ, टंक श्रेष्ठ, बालिका पाख्रीन, निमा तामाङ र कण बहादुर राईलाई मनोनित गरेका छन् ।
    शनिवार सूर्योदय नगरपालिका ८ मा आयोजना गरेको महासंघका क्षेत्रीय र प्रदेश सभा क्षेत्रीय समितिका सदस्यहरुको सफथ ग्रहण समारोहलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस इलामका सभापति डम्बर बहादुर खड्काले कांग्रेसलाई चलायमान बनाउन भातृसंगठनको भुमिका महत्वपुर्ण हुने बताए । संविधन सभा सदस्य टिकाराम लाप्चाले सबैले विधनको परिधिमा रहेर अघि बढ्नु पर्ने बताए । महासंघका जिल्ला अध्यक्ष नरेन्द्र लावतीले महासंघले कांग्रेसको पक्षमा जनमत निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए । उनले अन्य दलले आदिवासी जनजातीको नाममा झुटको राजनीति गरेको आरोप लगाए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै सूर्योदय नगरपालिकाका उपमेयर एवं नेपाली कांग्रेसका जिल्ला सदस्य दुर्गा कुमार बरालले कांग्रेसलाई दह्रो बनाउन नेतृत्वमा रहेकाहरुले गुटगत मानसिकता त्याग्नु पर्ने बताए । उनले भने ‘अहिले सबैतर्फबाट लोकतन्त्रमाथी प्रहार भइरहेकाले यसको रक्षाका लागि पनि नेपाली कांग्रेसले टोल तहबाट नै नागरिकलाई संगठीत गर्नु आवश्यक छ ।’ बरालले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले मतदाता सम्म पुग्ने प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए ।
    महाधिवेशन प्रतिनिधि जंग बहादुर गुरुङले सबैको प्रयासबाट मात्रै अहिलेको उपलव्धीको रक्षा हुन सक्ने भन्दै सचेतताका साथ अघि बढ्न सुझाव दिए । संजिप प्रधानले सञ्चालन गरेको सो कार्यक्रम क्षेत्रीय अध्यक्ष भरत राईको सभापतित्वमा सम्पन्न भएको थियो ।



    Avatar निगरानी    
  • २०८० मंसिर ९, शनिबार १५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP