इलामः नेपाल महिला संघको इलामा नेतृत्व विभाजनमा नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्का र पुर्व जिल्ला सभापति हिमालय कर्माचार्य सकृय रहेको महिला नेतृहरुले आरोप लगाएका छन् ।
तीजको शुभकामना आदान प्रदान कार्यक्रममा समेत खड्काले ७० प्रतिशत महिलाले बहिस्कार गरेको कार्यक्रममा प्रमुख अतिथिको को रुपमा उपस्थिती जनाएका थिए ।
इलाम सदरमुकाममा भएको कार्यक्रममा विवादीत समूहको कार्यक्रममा खड्का सहभागि भएका हुन् । उनले कतिपय नेता कार्यकर्तालाई सो कार्यक्रममा आउन खबर गरेका थिए । एक नेताले भने ‘ मैले त सहभागि नहुने भनेर फर्कएको थिए, एक समूहले गरेको कार्यक्रममा जिल्ला सभापति जानु राम्रो हैन ।’
मिलाउने ठाउँमा भएर पनि खड्काले पछिल्लो समय चालेको कदम गलत भएको एक महिला नेतृ बताउँछिन् । उनले भनिन् ‘खड्काले सभापति पदको महिमा नै बुझ्नु भएन ।’
खड्काले लामो समय देखि आफ्नो नेतृत्वको जिल्ला कार्यसमितिको बैठक राख्न सकेका छैनन् । बरु बरियता क्रम मिचेर बनाइएको महिला संघर्को टिके समिति’को कार्यक्रममा पुगेर महिला आन्दोलनलाई कमजोर बनाउने काममा लागेको महिला नेतृहरुले बताएका छन् ।
महिला संघको समानान्तर समिति बनाएर नेपाली कांङ्गेसका महिलाहरुको एकता भाड्न सकृय हिमालय कर्माचार्य भने सो कार्यक्रममा उपस्थित भएनन् । उनी जिल्ला बाहिर रहेको उनी निकटले बताएका छन् ।
कार्यक्रमलाई नेपाल महिला संघका नेतृहरुले बहिस्कार गरेका थिए । नेपाल महिला संघक इलाम जिल्ला सभापति बविता लिङ्दमले पार्टी सभापति खड्का, पुर्व सभापति हिमालय कर्माचार्यले महिला संघलाई तहस नहस बनाएको बताइन् । उनले महिला संघ र पार्टीलाई चिराचिरा बनाउने काममा सभापति खड्का र पुर्व सभापति कर्माचार्य सकृय रहेको आरोप लगाइन् ।
विवादित समूहको कार्यक्रममा पार्टीका जिल्ला तहका अरु पदाधिकारी र सदस्य भने उपस्थित थिएनन् ।
यस अघि नेपाल महिला संघ इलामको भेलाले संघको रिक्त पदपुर्ती गर्दै संघको जिल्ला, क्षेत्र र पालिका समितिलाई पुर्णता दिएको सभापति लिङ्दमले जानकारी दिइन् ।
संघको तेस्रो जिल्ला अधिवेशन पछि जिल्ला अधिवेशन हुन सकेको छैन । अधिवेशनबाट निर्वाचित अध्यक्ष निर्मला सञ्जेलले राजीनाम दिएपछि रिक्त ठाउँमा सभापतिमा बबीता लिङ्दमलाई पदपुर्ती गर्दै ६१ सदस्य जिल्ला कार्यसमिति गठन गरेको संघले जनाएको छ ।
संघको विधानको व्यवस्था अनुसार समितिलाई पुर्णता दिएको सभापति लिङ्दमले जानकारी दिइन् । भेलाले यस अघिको समितिका सदस्यहरुलाई यथावत राखेको छ भने केही नयाँ सदस्य थप गरेको जनाइएको छ । लिङ्दमले विधानको व्यवस्था अनुसारनै समितिको पदपुर्ती गरेको बताइन् । उनले भनिन् ‘विधान अनुसार अघि बढ्न हामी दृण छौ, सोही अनुसार कृयाकलाप अघि बढाउने छौ ।’
उनले महिला संघको नाममा विभिन्न समिति गठन भएको भन्दै यस्ता गतिविधि रोक्न चेतावती दिएकी छन् ।
संघको इलाम क्षेत्र नम्बर १ को सभापतिमा बन्दना अधिकारी र इलाम क्षेत्र न २ मा कमला बुढाथोकी रहेकी छन् ।
संघको इलाम नगरपालिका सभापतिमा रिना (घिमिरे) घले, सूर्योदय नगरपालिकामा हेममाया (रामु) प्रधान र सह सभापतिमा धर्मकला दहाल, देउमाई नगरपालिका सभापतिमा मिना दुतराज, माई नगरपालिकामा पुष्पा कार्की, सन्दकपुर गाउँपालिकामा भद्रिका बुर्जा, माईजोगमाईमा उषा देवि दहाल, रोङमा सावित्रा अर्याल, माङ्सेबुङमा तारा राई, फाकफोकथुममा अमृता नेपाली, चुलाचुलीमा राजकुमारी खड्का सभापति रहेको लिङ्दमले बताइन् ।
नेपाल महिला संघकी पुर्व केन्द्रिय सदस्य विष्णु दहाल, विन्दा पराजुली, चन्दा कार्की, चन्द्रमाया लिम्बु, कोशी प्रदेश सांसद बन्दना अधिकारी र नेपाली काग्रेस कोशी प्रदेश समिति सदस्या हरिकला श्रेष्ठ सल्लाहकार रहेका छन् ।