logo
  • २०८३ असार ११, बिहीबार | Thu, 25 Jun 2026
  • बिपत्त प्रभावितका लागि इलाममा हुसाडेक र किडार्कले राहत पुनःस्थापनको कार्य गर्दै

    बिपत्त प्रभावितका  लागि इलाममा  हुसाडेक र किडार्कले  राहत पुनःस्थापनको कार्य गर्दै


    इलाम , ७ मंसिर :
    गत असोज १८ र १९ को बर्षा पछि आएको बाढी पहिरो प्रभावितका लागि हुसाडेक नेपाल धनकुटा र किर्डार्क नेपाल काठमाडौंले इलाम र झापामा राहत , अस्थायी आवास र मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आएको छ ।


    झापाको झापा गाउँपालिका २ र इलामको इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँ पालिकामा खाद्य साथै ब्ल्याङ्केट डसना बितरण , मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेको परियोजना फोकल पर्सन रमेशचन्द्र अधिकारीले बताउनु भएको छ ।  १० वटा अस्थायी आवास समेत निर्माण गरेको छ भने इलाममा स्थायी आवास निर्माण थालेको जनाएको छ ।


    परियोजना मार्फत इलाममा ४० लाख बराबर र झापामा २५ लाख बराबरको सामाग्री वितरण गरिएको जनाइएको छ । ।परियोजनाले इलाम नगरपालिका ६ स्थित बालनगाउमा स्थायी आवास निर्माण सुरु गरेको छ ।



    निगरानी    
  • २०८२ मंसिर ७, आईतवार १४:२३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP