logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • लकडाउनका बेला भोकै रहेकालाई सहयात्राको साथ

    लकडाउनका बेला भोकै रहेकालाई सहयात्राको साथ

    इलाम

    कोरोना भाइरसको महामारीले विश्व आका्रन्त छ अहिले । कोरोन रोकथाम र नियन्त्रणकोलागि सरकारले जारी गरेको लकडाउन सुरु भएको डेढ महिना पुग्न लाग्यो । हुनेखानेलाई त लकडाउनले जीवन यापन गर्न त्यति अप्ठयारो परि गएको छैैन । तर अहिले कमाएर भरे खाने परिवारको अवस्था दर्दानाक छ । त्यही कुरालाई मध्यनजर गर्दै इलाममा रहेको सहयात्रा नेपाल संस्थाले विहिबार एकदिनको खानाको लागि सहयोग गरेको छ । संस्थाले टेवा काठमाण्डौ सहयोगमा भोकै रहेकालाई एकछाक खाना खुवाउने व्यवस्थापन गरेको संस्थाकी अध्यक्ष हेमकुमारी गंगा शिवाले बताउनु भयो ।
    इलामका दुइजना युवाहरु देवि पौडेल र सुमन श्रेष्ठको सकृयतामा इलामेहरुको सहयोगमा लकडाउनको चौथो अर्थात चैत १५ गते देखि निशुल्क इलामेली किचन संचालन गरी खाना खुवाइ रहेका छन । सडकमा बस्दै आएका , गरिव,अशक्त,रोजगारी गुमाएका मजदुर,अस्पताल आउने विरामी र विरामीका कुरुवा लगायत समस्यामा परी इलाम आएर होटलमा खान खान नपाएका नागरिकको लागि दैनिक विहान बेलुका खाना खुवाउने व्यवस्था गरेको छ । इलामेली किचनमा इलामका नागरिक संघ सस्थाले सहयोग पु¥याउदै आएका छन ।


    सहयात्रा नेपालले अपाङगता भएका बालबालिका , असहाय , आर्थिक अवस्था कमजोर भएका बालबालिका , दृष्टिविहिन बालबालिकाको लागि काम गदै आएको छ । लकडाउनका कारण कष्टकर अवस्थामा रहेकाहरुलाई सहयोग गर्ने पहल भइरहेको संस्थाले जनाएको छ ।
    इलामेली किचनमा दैनिक एकसय बढीले भोक मेट्दै आएको देवी पौडेलले बताउनु भयो । इलामे सहयोगीहरु बाट जिन्सी र भौतिक सहयोग बाहेक आर्थिक सहयोग नलिने इलामेली किचनले नलिने जनाएको छ ।



    निगरानी संवाददाता    
  • २०७७ बैशाख २६, शुक्रबार ०३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP