चिनियाँ रास्ट्रपति नेपाल आउन केहि घण्टा बाँकि हुँदा काठमाण्डौमा हतियार सहितका चिनियाँ सेना आए, 

चिनियाँ रास्ट्रपति नेपाल आउन केहि घण्टा बाँकि हुँदा काठमाण्डौमा हतियार सहितका चिनियाँ सेना आए, 

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाका लागि ५० चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन् । उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरेका छन् । कतिपय सूचना संकलनमा खटिएका छन् । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।

सीको भ्रमणका लागि सरकारले सोल्टी होटेल तीन दिनका लागि बुक गरेको छ । सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो । सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । होटेलमा दुई सय ८३ कोठा छन् । जसअनुसार तीन दिनको एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् ।

तिब्बती शरणार्थी तथा केही मानवअधिकारवादीले प्रदर्शनको तयारीको सूचना पाएपछि शनिबार र आइतबार चिनियाँ दूतावास र कन्सुलर अफिसअगाडिको सडकमा आवतजावत रोक्ने भएको छ । प्रहरी स्रोतका अनुसार दुई ठाउँमा सडक डाइभर्सनको निर्णय भइसकेको छ ।

सीको सवारीका क्रममा एक घन्टासम्म रोड खाली हुने भएको छ । पैदलयात्रुलाई समेत रोक्ने गरी सडक खाली गर्न लागिएको छ । विमानस्थलदेखि तिनकुने, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ । फर्कंदा पनि कम्तीमा एक घन्टा सडक खाली हुने एक ट्राफिक प्रहरी अधिकारीले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक सडक प्रयोग गर्न अपिल गरेको छ । सडक व्यवस्थापनका लागि समेत सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा विरोध प्रदर्शन गर्न सक्ने आशंकामा प्रहरीले तिब्बती शरणार्थीसहित २० जनालाई नियन्त्रणमा राखेको छ । पक्राउ परेकामध्ये कतिपयसँग फ्री तिब्बत लेखिएका झोला र ज्याकेट भेटिएको थियो । त्यस्तै, गत महिना चिनियाँ दूतावासअघि केही महिलासहित चीनविरुद्ध नाराबाजी गर्ने सुनीता साहलाई पनि प्रहरीले शुक्रबार राजविराटबाट पक्राउ गरेको छ । नया पत्रिका बाट