इलाम , मंसीर १२
नेपाली काँग्रेसको इलामको १४ औं अधिवेशनबाट जिल्ला सभापतिमा डम्बर खड्का बिजयी हुनु भएकोछ । सभापतिका अर्का प्रत्यासी भेषराज आचार्यलाई १ सय ६० मतान्तरले हराउँदै खड्का सभापतिमा निर्वाचित हुनु भएको हो । खड्काले ९ सय ३५ मत प्राप्त गर्दा आचार्यले ७ सय ७५ मत मात्र पाउनु भएको थियो । दुईवटा प्यानल बनाएर आचार्य र खड्का चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचित खड्का संस्थापन (शेरबहादुर देउवा) र पराजित आचार्य संस्थापनइतर (रामचन्द्र पौडेल) निकटको हुन । खड्कालाई पार्टीका निवर्तमान सभापति हिमालय कर्मचार्य र पूर्व जिल्ला सभापति केशब थापाले साथ दिएका थिए ।
जिल्ला सभापतिमा कर्मचार्य र थापा सहित चारजना सभापतिमा लड्ने चर्चा भएपनि निर्वाचनमा कर्मचार्य र थापा र खड्काको गठबन्धन बनेको थियो । तीन नेतापक्षबीच गठबन्धन बनेपछि खड्का र आचार्य बीच चुनावी प्रतिस्पधा भएको थियो ।
पदाधिकारीमा मिश्रीत नतिजा आएको छ । उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र बिष्णु लिम्बू दाहाल निर्वाचित भएका छन । देवानले ८ सय ७४ र दाहालले ७ सय ७८ मत प्राप्त गरे । खड्का पक्षबाट उपसभापतिका अर्का उम्मेद्धार केदार थापा ७ सय ४७ र होमप्रसाद दुलालले ६ सय ९९ मत प्राप्त गरेका थिए । सचिबमा पूर्णप्रसाद गौतमले ८ सय १९ र निरोज खड्गीले ७ सय ९३ मत पाएर बिजयी बनेका छन । सचिबका अर्का उम्मेद्धार हेमकुमार ( विष्णु ) कार्की र हुकुमलाल थेबे पराजित बने । सहसचिबमा देवेन्द्र सुवेदी र डालाकुमारी कार्की विजयी बने । सह सचिबका अर्का उम्मेद्धार चक्र एक्तेन अभिषेक र प्रबिना राई पराजित बने । जिल्ला कार्यसमितिमा ४० जना सदस्य निर्वाचित भएका छन । निर्वाचन समितिले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई आज एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरेको छ ।
सभापतिमा निर्वाचित खड्का बिद्यार्थी राजनीति बाट सकृय हुनुहुन्थ्यो । खड्का नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति इलामका पूर्व अध्यक्ष हुँदै संघको केन्द्रीय उपाध्यक्ष समेत भइसक्नु भएको छ । यसअघि एक कार्यकाल नेपाली काँग्रेस जिल्ला कार्य समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो । यसअघि १३ औ महाधिवेशनमा सभापतिमा पराजित बन्नु भएका खड्का इलामको निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेश सांसदको चुनावमा पराजित बन्नु भएको थियो । निर्माण व्यसायी समेत रहनु भएका खड्का काँग्रेस इलामका युवा नेता खड्का जिल्लामा समाजसेवीको रुपमा चिनिनु हुन्छ ।
निर्वाचित भएपछि खड्काले जिल्ला पार्टी कार्यलयको भवन निमार्णलाई प्राथमिकता साथ सुरु गर्ने बताउनु भयो । गुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाउने बताउुन भएको छ ।
प्रतिक्रिया