logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • अध्यक्ष भट्टराईले सी चिनफिङको भ्रमणबारे गरे टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैनच !

    • निगरानी
    • २०७६ आश्विन २६, आईतवार ११:०६ गते
    अध्यक्ष भट्टराईले सी चिनफिङको भ्रमणबारे गरे टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैनच !

    काठमाडौं/ समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल भएको बताएका छन् ।नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष भट्टराईले मित्र राष्ट्रहरुसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्ने बताए ।

    ‘मुलत यो भ्रमण सफल नै रह्यो’ डा भट्टराईले भने,‘हाम्रा विदेशी पाहुना आउँदा खालि केटाकेटीमा मामा आउँदा मामाले के ल्याइदिए, के कति मिठाइ दिए, कति दक्षिणा दिए भनेजस्तो सोच हामीले राख्नु हुँदैन ।’चीन सदैव नेपालको मित्र राष्ट्र रहँदै आएको भन्दै भट्टराईले चीनसँग खास समस्या नभएको र त्यस अर्थमा पनि सीको भ्रमण सुखद् रहेको प्रतिक्रिया दिए ।

    फरक प्रसंगमा डा भट्टराईले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणमा न्याय र सत्य स्थापित हुनुपर्ने बताए ।‘जुनसुकै ओहोदामा रहेपनि विधिको शासन पालना गर्नुपर्छ । न्याय र सत्य स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ’ उनले भने,‘पहिले त्यसको निरुपण होस् । त्यसपछि मात्र सभामुखको विषयमा टिप्पणी गर्न उपयुक्त होला ।’उनले सभामुख र उपसभामुख फरक पार्टीको र फरक लिंगको हुनुपर्ने बताए ।



    निगरानी    
  • २०७६ आश्विन २६, आईतवार ११:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP