logo
  • २०८३ बैशाख २, बुधबार | Wed, 15 Apr 2026
  • क्षमताभन्दा बढी यात्रु बोक्ने लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही

    • निगरानी
    • २०७६ कार्तिक २, शनिबार १०:१६ गते
    क्षमताभन्दा बढी यात्रु बोक्ने लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही

    हेटौँडा / जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही गरेको छ । दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, कागपत्र नहुने, मादक पदार्थ सेवनगरी सवारी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःख दिनेलगायतका कारणले सवारीसाधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले कारवाहीमार्फत रु दुई लाख ३७ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।

    vप्रहरीले कारवाही गरेका सवारी साधनमध्ये नौ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएकामा कारवाही गरिएको हो । दशैँको समयमा हेटौँडामा फरक–फरक स्थानमा भएका दुई दुर्घटनामा दुईको मृत्यु भएको बताइएको छ । भैरवडाँडामा ट्र्याक्टर दुर्घटना र जिल्ला प्रहरी कार्यालय अगाडि भएको मोटरसाइकल दुर्घटनामा एक÷एक गरी जम्मा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार १०:१६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP