logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • कोरोना बारे नेवि संघ इलामको सचेतना अभियान

    • निगरानी
    • २०७६ फाल्गुन २३, शुक्रबार १७:३४ गते
    कोरोना बारे नेवि संघ इलामको सचेतना अभियान

    इलाम

    नोबेल कोरोना बारे सचेतनाको लागि नेपाल विद्यार्थी संघ इलामले जिल्लाको विभिन्न स्थानमा सन्देशमुलक व्यानर राखेको छ ।
    कोरोना भाईरसबाट बच्न अपनाउनुपर्नै उपायहरु बारे सन्देशमूलक सुचनाहरु समेटिएको व्यानर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम चोक बजार, बस पार्क, मरब क्याम्पस , ठूलो टुडिखेल, मोर्डन क्याम्पस आदर्श मावी र धोबिधारा लगायतका स्थानमा राखेको संघले जनाएको छ ।


    सुचनामा कोरोनाभाईरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धोऔं, अनावश्यक भिडमा नजाऔं, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो नाक र मुख ढाकौं लगायतका सन्देशमूलक कुराहरु रहेको छ । सर्वसाधारणमा सचेतना जगाउन र सर्तकता अप्नाउन जनहितका लागि सन्देशमुलक व्यानर राखिएको नेबिसंघ कार्यबाहक अध्यक्ष प्रकाश भट्टराईले बताउनु भयो ।



    निगरानी    
  • २०७६ फाल्गुन २३, शुक्रबार १७:३४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP