इलाम नगरपालिका, कोभिड १९ को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि इलाम सदरमुकाममा डा. प्रभु शाहको संयोजत्वमा पाँच सदस्यीय रेपिड रेस्पोन्स टीम गठन भएको छ । सदस्यहरु ल्याव अधिकृत निलेश ठाकुर, स्वास्थ्य शाखा प्रमुख श्री रमन्ता पौडेल हे.अ. पंकज पोखरेल , अ.न.मि. जनककुमारी थापा रहेका छन । नेपाल सरकारको निर्देशिका अनुसार सञ्चालन हुने यस रेपिड रेस्पोन्स टिमले जनप्रतिनिधीहरुको सहयोगमा काम गर्नेछ । जसका लागि सूचना उपलब्ध गराई सहयोग गर्न इलाम नगरपालिकाका वडाध्यक्षहरुलाई अनुरोध गरेको छ ।
कोभिड १९ प्रभावित देशहरुबाट यात्रा गरी हालसालै घर आएका व्यक्तिहरुलाई सावधानी अपनाउन, सेल्फ क्वारेन्टाइनमा बस्न र अस्पतालमा सम्पर्कमा आउन वडाध्यक्षज्यूमार्पmत आव्हान गर्ने जनाइएको छ । यस्ता व्यक्तिहरुको निगरानी तथा सूचना आदानप्रदानका लागि वडाध्यक्ष, वडा सदस्य र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलार्ई अनुरोध गर्नेे इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया